१.
चाह थियो सधैं आउने बिहान् उही होस् ।
दुईटै शरीर बिश्राम लिने सिरान् उही होस् ।
सास रहुन्जेल दुई किनारा भई बाच्नु परे पनि,
मृत्युपछि अन्त्येष्टिको चिहान् उही होस् ।
१.
चाहँ थियो सधैं आउने बिहान् उही होस् ।
दुईटै शरीर बिश्राम लिने सिरान् उही होस् ।
शास रहुन्जेल दुई किनरा भई बाच्नु परे पनि,
मृत्युपछि अन्त्येष्टिको चिहान् उही होस् ।
२.
आफ्नो भन्ने नमिल्नेलाई आफन्त सोचेछु मैले ।
भाग्यमा नै नलेखेको छानी-छानी खोजेछु मैले ।
नपाउने कुरा मात्रै रोज्ने यो कस्तो भाग्य ,
आफ्नोहातले भर्न नपाउने कस्तो सिउँदो रोजेछु मैले ।
३.
आजैदेखि उनलाई हेर्ने नजर फेर्नुपर्छ ।
अंगालोमा उनलाई बेर्ने रहर फेर्नुपर्छ ।
उनले टेक्ने यो ठाउँ स्वर्ग ठान्दा गाली भयो,
आजैबाट हरितनगर ईलाम शहर फेर्नुपर्छ ।

Kya Dami 6 ni Ho Keshab G
Keshab G Ilam bat bhaya ni Muktakila rachana hrau majheri ma pathaunu bhako r6 khuC lagyo.lakh lakh subhakamana Keshab G.
राम्रो छ केशब जी तपाईका यी तीन मुक्तक ।
केशब जी बाकी दिन मा नी यस्तै गहकिला ,गजल मुक्तक सम्प्रेशण गर्दै गर्नु होला शुभ-कामना छ ।