एक्लै हिन्दै थिए रुकायौ किन ?
सर्माएर नजर झुकायौ किन ?
पहिलो भेटमै”कन्चन”को भाव झल्काएर
खुलेर मनको गाठो फुकायौ किन ?
आँखा भरी सजिएका रंगिन सपना थिए
नखोलेर परेली मै लुकायौ किन ?
गोधुली मा भेट्न आउनु भनेउ तेसै गरे
पक्राउन लाई उल्टै कुकुर भुकायौ किन ?
नपाउने रैछ र पो गाठो भाको रैछ माया
आस देखाई प्रीतको मुल्य चुकायौ किन ?

like this Gajal.
Ko sang bho ni? kasle maya ma yesto garyo keshab G?