मायाको अनमोल संसारमा बाधक बन्यो जात प्रिया
अलग्याउने प्रहार गर्ने समाजको बात प्रिया
शताब्दीले पाईला टेक्दा अँझै बोली फेरिएन
छोटो समयमै ढल्की दिन्छन दिन अनि रात प्रिया
आडम्बरी कुरा त्याग्न साहस बोक्न खोज्दै जाँदा
बुझ्नु पर्छ हटाउन व्यवधानको खात प्रिया
सुगन्धित उन्माद डालीको गुलाफ फूल सम्झी
तिमीप्रति समर्पित सहिदिन्छु लात प्रिया
बगैँचाको फूल तिमी तिम्रो बेग्लै पहिचान
समाजलाई सुल्झ्यायर थाम्ने छु हात प्रिया

me 2
mero jindagi maa milne gajal lekhnu bhayako ma thanks.pheri pheri lekdai garnu hola.
I like this.
Keshab G Malaae Tapaeko Gajal man paryo, best of luck for next time.