“उकाली ओराली “

सुख दु:ख भनेकै सम्बन्ध त हो नी । कोही मान्छेसँग सम्बन्ध गाँसिन्छ अनि सुरु हुन्छ यात्रा, दु:खको या सुखको । उनका दीनहरू आजकल गुलाफझैँ फुल्न थालेका छन् । मीठो सम्झना शीतल पवन बनेर कहिले काही अझैपनी सम्झिनै रहन्छे । आजभोली पनि बिगतका ती तितामिठा कुराको वर्णन गर्छिन नजिकैको समिपमा आएर “केसु” माया नमार है यो जुनीमा त हजुरकी सङगेनी हुन नसके अर्को जुनीमा हजुरकै हुने छु । सम्झना बिर्सना मनको त्रिसना बाड्ने दिन सपनामा मात्र बाँकी छन, मनले सोचेको पुरा हुनेभए त आज हामी दुई किनारा भई बस्नु पर्ने नै थिएन । दैबको लीला भनुकी भाग्य को खेल भनु हामी बीचको सम्बन्धले नजुराएपछी कस्को के नै लाग्छ र?

समयको गति संगै कहाँको मान्छे कहाँ आएर नाता जोड्न पुगियो यो केवल उनि र ममा मात्र सीमीत भएको छ । जिन्दगीमा अनेक थरिका मान्छे भेटिए नी मैले उनिसंगै नाता किन जोडेछु मलाई पनि थाहा छैन, मात्र केही प्राप्तिको लागि भन्दा अनौठो लग्न सक्छ । तर मैले सोचेको थिए जिन्दगीमा कहिलेकाहीँ अनेक थरिका मोडहरुमा एक घुम्ती रहेछ जिन्दगी जहाँ आफ्नै गतिमा सीमीत हुनु पर्ने मा कहाँ गएर अल्झिएछु मलाईनै थाहा छैन । जवानीको जोस भनु की मर्दको चाहनाको पराई केटी प्रतीको आकर्षित हुन्न होला र? तेस मा नी स्वर्गकी अप्सरा भन्दा राम्री उनको अनुहारको वर्णन गर्न नि सकिन्न मात्र ति गुलाबी ओठ ,म्रीग नयनी ति आँखा , बारुली कम्मर , सर्लक्क परेको जिउडाल, मधुरो कोइलीको जस्तो स्वर , प्रत्येक पलपलमा उनि संगै हासी खुशी रहु जस्तो लाग्ने ति सुन्दरी कीन आज मेरो सामु येसो भयो कतै म सपनामा त छैन की?

भन्थ्ये मान्छे ,प्रिथिबी गोलो छ रे कहाँ को मान्छे आज कहाँ आएर नाता जोड्न पुगेछु , मैलेनी ति सुन्दरीलाई मात्र देखेको थिए र? म आफै संग आँफै प्रश्न गर्न पुग्छु मात्र हाम्रो दुई दिने छेडिक माया केवल मेरो जिन्दकी मा आज न भएनी सपना की राजकुमारी “सानु” कै याद मा दिन बिताउन पुगेछु । मेरो कल्पना की “सानु” केवल कल्पना मा मात्र सिमित रहेजस्तो भयो केवल दिवा सपना भएछ, मेरा लागि उनि पनि आज कल त भन्छिन प्रिय “केसु” किन मलाई छोडी टाढा गएको? तर ति बितेका दिन सम्झ्दा आज नि पागलसरी दिन बन्न पुग्छन । भन्थे नी सकभर माया नलाउनु लाए पछी बीचैमा नछोड्नु ती भनाई नी आज मेरालागी निरर्थक भएका छन् केवल मेरी सपना की “सानु” को कारणले ।
“जीन्दगीको रीत भनौ या भाग्याको खेल”अनौठो र अबीश्वशियपुर्ण छ जिन्दगी ! यथार्थ बाश्तबिकता भन्दा धेरै पर छन हाम्रा कल्पना , सपना र चाहना हरु”तापनि मलाई बीश्वास छ जशरी हामिले हाम्रो माया लाई सफल बनाएका छौ त्यसरी नै हाम्रा सपनाहरु पनि यथार्थमा परिणत हुने छन अनि जता ततै शुखद खुशिको मिठो अनूभुतिले नयाँ जीबनको शृजना हुनेछ !!हामिबिचमा यति राम्रो शमझदारि र बिश्बाशका बाबजुद पनि समयले कीन यसरी कोल्टोफेर्यो कि आधा सपना तिमीले साथलग्यौ आधा सपनाहरुको बिवशता भित्र आज पनि म तिमीलाई खोजी रहेछु”!अनि आफ्नै मनले खोजेको जवाफ आखिर दोशी को ? तिमी “समय”या म ??

जति खुशी रहेनी एकदिन दु:खको सागरमा पौडिनुनै पर्नेरहेछ म आज केवल तिम्रो खुशीको लागि भएनी सारा खुशी तिमीलाई साची राख्दै आफ्नो एक्लो पागल बस्ति को संसारमा दिन अनि रात काट्नबिवस छु ती उजाडीदा प्रतिबिम्ब को कल्पनामा रुम्लिदै दिन बिताउन बिबस छु केवल मनमुटुमा ढुंगा राखी आफै आफु हास्न बिबस छु। मैले किन यो दिन देख्न पुगे म आफै लाईनी थाहा भएन मैले कुनै गल्ति त गरेको त थिएननी किन एती ठुलो सजाय पाउन पुगे ??

म प्रती को उन्को लगाव र मैले गरेको मायामा के नै कुनै कमी महसुस भएको थिएन । तथापी हामी बिच मा फाटो ल्याउने केबल एक कारण थियो त्यही मान्छे आज कसैको जिन्दगीको लागि पर्खि बसेकी छे । मायामानी कतीठुलो त्यग तपश्या, आखिर के नै फरक थियो र सबै एकै किसिमको माया दिने त हुन नि हैन र? जहाँ जे भएनी माया केबल बिश्वास भएर नि होला बाँकी दिन सुखद पल को पर्खाइ मा दिन रात साझ बिहान जेनतेन गरी दु:ख सुख को प्रभाहनगरि आफ्नै नित्य कर्म मा लिन छ ।

समय बेतित हुँदै जान्छ आपसी भेटनी नभए को कहाँ हो र? जहाँ देखे नि एक बोली न् बोली ताढिएमा मनले नै थाम्न नसक्ने अवस्थामा पुगेपछी कस्ले टाढा हुन सक्थ्यो होला र? मनै त होनी जवानी ले लटरम्म फलेका स्याउका दानासरी उन्को यौवन खेर म त मनमनै उन्को त्यो यौवनता देखेर लोभ लागेर आउथ्यो । मनमा अनेक थरीका कुराहरु खेली रहन्थ्ये उनीप्रती केही सकारात्मक त केही नकारात्मक मनले मनलाई प्रश्न सोध्न पुग्थ्ये कतै मैले कसैको जिन्दगीमाथि खेलवाड त गर्दै छैन ? यी कुराहरु मन मै सिमित थिए । माया गर्नेहरु लाई थाहा हुन्छ माया को कस्तो बिडम्बना हुन्छ भनेर , माया केही प्राप्तीको लागि मात्र हैन जस्तो लाग्छ । मायामा केही बन्धन हुनु हुँदैन भन्ने लग्थ्यो तर बन्धनले गाजेको हुदो रहेछ । कोही ले नचाहादा नचाहदै माया लाई तिलान्जली दीइ अर्कै को कोल्टामा जानु पर्ने बिबसता आइलाग्दो रहेछ ।
मनमा अनेक प्रकारका आसाहरु पलाएरका हुन्छन तैपनि केगर्ने समाजको लागि भए नि उन्लाई हितहुन्छ भने हामी बिचको सम्बन्धलाई थाती जिन्दगीका उकाली ओरालीमा आईपर्ने जुनसुकै बेलानी आफ्नै प्रतिनिधित्यो मा जान पुगिन केबल समाज र महिलाको हित को लागि । आफु ले माया नगरेकी कहाँ हुन र? आफ्नो बेग्तिगत मोह भन्दा समाजअको माया लाई बढी प्राथमिकता दिन पुगिन र हामी बिच को माया लाई केबल एक मन मुटुका साथीमा सिमित राख्न पुगेउ । मात्र केबल समाजको लागि ।
आजभोलीनी म सँग भेट मा भनछिन “केशु” म हजुर लाई कहाँ भुल्न सक्छु र? हजुर ले नि तेसो भनेर हुन्छ र मेरो पहिलो प्रेम भनेको नि हजुर नै हो । म अब आफ्नै मन ले कहिले नि अर्का को जिन्दकीको समिपमा आउने कोशीस गर्नेछैन मात्र “केशु” को जिन्दकी बाट मैले पाठ सिकिसके । जिन्दगी भरको लागि मैले मायापाइ सके मेरो यो बितेको जिन्दगी त हजुर कै भए पनि अर्को जूनीमा त हजुर कै जिन्दकीको शहयात्री भएर आउने कोशीस गर्ने छु । मात्र यो मायाको सागरबाट पंक्षियर सधैंसधैंको लागि हजुरकै अङगालोमा बस्ने प्रतिपदता गर्दै छु ।

हुन पनि हो, जस्तो लाग्छ मेरो जिन्दगी भर को “सानु” नभए पनि केही दिनको लागि भएनी मेरो जिन्दगीभरको लागि माया ममता दिएकी नै थीई । मनमा पिडा को भारी बोकेर अर्काको जिन्दगी उजाडन नचाहने मान्छे आजनि यो दुनियाँ मा रहेछन । माया सबै थोक रहेनछ केही त्यग पनि माया रहेछ भन्ने आज म मनमनै महसुस गर्दै छु । एक प्रबित्र माया गर्नेहरुमा अहिले तेही मोरी “सानु” मेरो साथी पर्छ भन्दा फरक नपर्ला । मेरो जिन्दगीमा आज भोली उन्को त्यो माया पाएर होला अहिले आफुमा “सानु” को कमी महसुस भई नै रहेको छ । म त भगवान सँग एही प्रथाना गर्छुकी मेरी “सानु” मेरो जिन्दगी भर ल्याईदिउन । केबल जिन्दकी भर छेडिक समयको लागि मात्र हैन मात्र “सानु” कै प्रतिछ्य मा बाँकी दिन साची राखेको छु ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *