मायाको यो नाता कस्तो


मायाको यो नाता कस्तो, न त मैले तोड्न सकेँ
उन्को प्रेममा बाँधिएर, न त मैले घरबार जोड्न सकेँ

सर्बस्व सम्झेर नै तन मन सुम्पेको थेँ
सम्हालेर चिटिक्क पारी, न त मैले ओढ्न सकेँ

हामीबिच फाटो ल्याउने ज्वलामुखी फुट्दा पनि
सुन्दर त्यो प्रेम प्रतिकलाई, न त मैले गोड्न सकेँ

सपना सरी कल्पनालाई भताभङ् पारी दिदा
धैर्य गरी आफ्नो पनलाई, न त मैले गोद्न सकेँ

आँखा अनि मन मुटुमा उन्कै तस्बिर छापिएछ
बिर्सिसक्दा पनि उनलाई, न त मैले छोड्न सकेँ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

1 thought on “मायाको यो नाता कस्तो”

Leave a Reply

Your email address will not be published. Required fields are marked *