तिमीलाई मन पराउदाको क्षण सम्झे
आकाशबाट जुन हराउदाको क्षण सम्झे
हेरी हेरी नअगाउने रुप तिम्रो हेरौ कती ?
जुझाएर नजरहरु लजाउदाको क्षण सम्झे
लामो थियो यात्रा तर यात्री मात्रै तिमी र म
डुंगा तराई नदी पारी तराउदाको क्षण सम्झे
सुमसान थियो रात अनी अँगालोमा तिमी थियौ
तेसै सन्की हेरी भन्दै डराउदाको क्षण सम्झे
अगालोमै बेरी राख टाढा जादा मछु भन्दै
कधरमाथि चुम्बनगर्दै बर्साउदाको क्षण सम्झे
