Skip to content

हजार हजार पर्बतहरु


हजार हजार पर्बतहरु छेक्दै छेक्दै आए
पाईलाभरि हाम्रा प्रीत लेख्दै लेख्दै आए

तिम्रो मेरो तनको दुरी सयौ कोष छ
आखाभरि तस्बिर तिम्रै देख्दै देख्दै आए

बाटोभरि भेटिएका बर पिपल र चौतारीमा
बिस्रामलिदै बियोगको घाऊ सेक्दै सेक्दै आए

खानेमुख लाई जुँगाले कहिले छेक्दो रहेनछ
च्वास्स घोच्ने काडा माथि टेक्दै टेक्दै आए

पिछा गर्दै आए कति “कन्चन” लाई पछी तान्दै
खोल्दै आफु पस्दै धोका ढेक्दै ढेक्दै आए

Leave a Reply

Your email address will not be published. Required fields are marked *