तिमीलाई चिट्ठी मैले, नलेखेको धेरै भयो
के छ त तिम्रो खबर, नभेटेको धेरै भयो
छुट्याएर नियतिले पुर्यायो कता कता
कस्ती छौ अहिले तिमी, नदेखेको धेरै भयो
सँगालेको मायालाई कतिसम्म साँचिराख्यो
मुटुभरिको मायालाई, नमेटेको धेरै भयो
पलपल सम्झी रहने माया लाउदै आजसम्म
तेही बैगुनी मायालाई, नरेटेको धेरै भयो
प्रेम लज्जित जनजीवनलाई यथावत राख्दै जाँदा
तिम्रो त्यो माया जललाई, नछेकेको धेरै भयो
