
कोरोना तिमी महामारी हौ
या महाआतङ्ककारी
मैले बुझ्नै सकिन
तिम्रो जन्मसँगै
संसारभर कोरोना आतङ्ककस्ले सिर्जना गर्यो
किन सिर्जना गर्यो ?
लकडाउन अनि लकडाउन
यो लकडाउनले –
निम्त्याएको महाकष्टदायी जीवन
त्यसबाट जनताले पाएको आहात
सबै क्षेत्रमा परेको अस्तव्यस्तता
आदि आदि कारणले गर्दा
मानिस कोही हतासले मरे
कोही कोरोनाको वतासले मरे
कोही कोरोनाले निम्त्यिाएको
भोको क्रन्दन तथा विविध रोगले मरे
किन तिम्रो नाम सुन्द्यामा नै यत्रो त्रास,
हेर कोरोना
महामारिता हिजो पनि थियो
अस्ति पनि थियो
आज तिमीबाटै सिर्जित
महामारी, महा-आतङ्क छ
र यस्ता महामारी भोलि पनि
आउन सक्लान्
हिजोका महामारीमा
नत यत्रो त्रास थियो
ती महामारीले मानिस मारेकै थियो
मानिसमा सावधानी थियो
कोरोना आज तिम्रो आतङ्क
रेडियोले फुकेकै छ
टेलिभिजनले देखाएकै छ
फेसबुकले, युटुवले अनि
मोवाइलले पनि बोलेकै छन्
यी आवाज केको लागि
जनचेतना जगाउन या
आतङ्क मच्चाउन
उत्तर होला निश्चय पनि
जनचेतना जगाउन
तर मलाई लाग्न थाल्यो
तिम्रो कामको सूचना
जति पढिदै गइन्छ
डर आतङ्क फैलिदै जान्छ
अब मरिने भो भन्ने भावनाले
मानव मन मुटुमा
गहिरो छाप बस्दै जानेभो
अनि मानव तिम्रो आक्रमणभन्दा
त्रासको कारणले गर्दा
यो संसार छोडदै जानेभो
बाँच्ने रहर सबैलाई हुन्छ
लिने सावधानी लिएकै हुन्छ
मोवाइलमा बज्ने सन्देशले
मानव मस्तिष्क खलबलाएको छ
कोरोना अपडेटको सन्देशले
मानवलाई आतङ्कित तुल्याएको छ
सन्देश प्रसारण कर्ता र सरकारसँग
मेरो अनुरोध कोरोना शब्दत्रास
तुरुन्त हटाई दिऊँ
सरकारसँग मेरो अनुरोध–
उपचारलाई सरल र सुलभव
साथै सिघ्रता दिन्दै जाऊँ
लकडाउन गर या नगर
सरकारको निर्णय
तर लकडाउन गरिन्छ भने
भोकालाई सरकारले खान देऊ
भोकालाई सरकारले खान देऊ ।
-सदानन्द अभागी
