Skip to content
IndraKumarShresthaSarit-02


धनले मात्र के गर्नु र तिमी त छौ परदेशमा
कति माया लाउनु व्यर्थै इमेल इण्टरनेटमा ।

फोटो हेर्छु फेसबुकमा एक्लै हुन्छु रात बिहान
हुरहुर बल्छ तन मन के होला नि निदान ।
नजिक भए पोखिदिन्थें माया तिमीलाई कलकल
अँगालोमै तिमी भए किन चाहिन्थ्यो नि मोबाइल ।

म्यासेजमात्रै हैन तिमीले दियोै गाडी उपहार
ट्वीटरबाटै भनिदेउन कहिले आउँछौं घर ।
जोरीपारी जान्छन् हेर डिस्को बाइकमा रमाई
प्रेमको पहाड कहिले चढ्नु तिम्रो हात समाई

इन्द्रकुमार श्रेष्ठ ‘सरित्’

Leave a Reply

Your email address will not be published. Required fields are marked *