Skip to content


प्रशिक्षण सकिंदा रातको बाह्र बजिसकेको थियो । प्रशिक्षण स्थलबाट एक एक गरेर हामी लूसूक्क निस्किंयौं । बिरोधीहरूको दृष्टि नपरोस भनेर हामी साटाकसूटक आ -आफ्नो बाटो लाग्यौं । यत्ति राति म कहिल्यै हिंडेको थिइन । मलाई डर पनि लाग्यो । तैपनि आफ्नै उद्धेश्यले मलाई ढाडस दियो र मैले मन दह्रो पारें । कसैले पछ्याइरहेको जस्तो लाग्यो । मन झस्कियो । आबूई । भुत पो हो कि क्या हो ?

दिउँसो नेतादेखि अभिनेतासम्म भेला हूने ठाउँमा कोही छलिएर उभिरहेको भान भयो । मैले हत्तपत्त गम्छाले टाउको र मूख छोपें । ढैंचाको बारीमा छलिंदै छलिंदै म अगाडि बढें । यसो नियालेर हेरें, मलाई पछ्याउने त्यो आकृतिलाई । त्यो त वडाध्यक्ष ललिते पो रहेछ प्रहरीको चम्चा । घृणालाई मैले थूक बनाएर थूकिदिएँ, पिच्च ।

म हतार हतार दैोडिरहेको थिएँ । तर अब दौडिने पनि ठाउँ पनि थिएन । जुनलाई पनि बादलले आधा छेकेर अंध्यारो उज्यालोको स्थिति भएको थियो । पछाडि हेरें, पानी पिया खोला उर्लेर बगिरहेकोले तर्नू सम्भव थिएन । लौन, ललिते त नजिकै आइसक्यो, कसो गर्ने होला ? पार्टीको गोप्य दस्तावेज अध्ययनका लागि ल्याएको छू, कसैको हात लाग्योभने त वित्यास पर्छ । लौन अब के गरुं ? हत्तपत्त शरीरका जम्मै लूगा खोलेर मैले टाउकोमा बांधें अनिसँगै उभिएको बूख्यांचाझैँ म पनि उभिएँ । श्वास रोकेर म बूख्यांचाको रुपमा उभिरहेको थिएँ ।

‘काँ गो स्साला । पक्कै यो कोही कान्तिकारी हूनूपर्छ । बजिया, कतै खोलामा हामफालेर त भागेन ?’- ललिते एक्लै बडबगाइरहेको थियो । ‘को चै गो होला त त्यो बजिया ? यी बजियाहरूको मिटिङ् गर्ने थलो कून होला ? यसो थो’ पा’ र प्रहरीलाई बताउन पाए त अलि अलि भए नि दाम आउँथ्यो । थूक्क । हात लागिसकेको पाजी उम्क्यो । ’

एक्लै भूनभूनिदंदै गएको ललिते निकै टाढा पूगेछि मैले दस्तावेज छामें । कमिजको खल्तीमै थियो । भोलि सबै साथी मिलेर यसको सामूहिक अध्ययन र छलफल गर्नूछ । ललिते निकै पर पूगिसकेकोले म चाहिं उसको ठिक विपरित चाँडो चाँडो लम्किरहें ।

तरहरा (सुन्सरी)
हालः काठमाण्डौँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *