नाइँ नाइँ भन्ने सोल्टिनेले नआउनु है छेउमा
अाँखा जुधे लड्नेछ्यौ नि पिरतीको लेउमा ।
लुकामारी कति खेल्छ्यौ जोवन बित्ला ख्यालमा
डेरा पाए सर्ने थिएँ, सोल्टिनीको दीलमा ।
ह्ुन्छमात्रै भने तिमीले मनको ढोका खोल्छु
रानी बनाई तिमीलाई पाल्न पहरा नि फोर्छु ।
अन्नतपातको हैन तिम्रो खाँचो छ नि घरमा
आमाको नि मञ्जुरी छ तिम्रो नाम थरमा ।
लोभै लाग्दो मुस्कानले हुन्छ भन्ने बुझ्छु
बैशाषलाग्दै तिमीलाई लिन जन्ती लिई आउँछु ।
इन्द्रकुमार श्रेष्ठ ‘सरित्’
तरहरा (सुन्सरी), हालः काठमाडौं ।
