एक दिन शिशिरको चिसो याममा एउटा भोको फटेङ्ग्रोले एक कमिलोसँग उसले जम्मा गरेर राखेको खानेकुराको याचना गऱ्यो।
“किन र?” कमिलोले सोध्यो, “पुरै बर्खा भरि गीत गाएर बस्नुको सट्टा अलि-अलि खानेकुराको जोहो गरेको भए हुँदैनथ्यो?”
“गरेको त हो नि,” फटेङ्ग्रोले भन्यो, “जम्मा गरेको हो; तर तिम्रा साथीभाइ सबले धावा बोले अनि सबै उठाएर लगिहाले नि।”
२०७१ श्रावण ३०
एम्ब्रोज बियर्सको लघुकथा The Grasshopper and The Antको नेपाली अनुवाद
अनुवादकर्ताः एकदेव अधिकारी
मझेरीमा पहिलोपटक प्रकाशित मितिः 2014-08-17 09:54:18 +0545
