मृगौला खराब भएका ओमबिक्रम विष्टले भासिएको आवाजमा दिए यस्तो सन्देश


मृगौला खराब भएका पप सम्राट ओम विक्रम विष्ट सहयोगार्थ साँस्कृतिक साँझ नामक कार्यक्रमको लागि आयोजक तयारीमा जुटेका छन् l आगामी जनवरी २० तारिखमा डिसी क्षेत्रमा हुने उक्त कार्यक्रममा उनको उपचारको लागि खर्च जुटाउन कार्यक्रम गरिने भएको हो l

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)अमेरिकाले कलाकार बिष्टसँग न्यू-योर्कमा गएर युट्युबमा संदेश लिएको छ l उक्त भिडियोमार्फत पप सम्राट ओम बिक्रम बिष्टले भासिएको आवाजमा आफू केही दिनदेखि दुवै मृगौला खराव भएर आफू डायलेसिसको उपचारमा छु भनी संदेश दिएका छन् l यसै गरी अमेरिका पुगेका अभिनेता सरोज खनालले सहित कलाकार बिष्ट को तन मन धनले सहयोग गरौ भनी सन्देश दिएका छन् l

कला र कलाकारको सारथी इनास अमेरिका को मुख्य नारा “जिउदो श्रस्टा को सम्मान गरौं” भन्दै कलाकार को लागि १० हजार डलर को गो फन्ड खोलेको छ l आयोजक अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाले डिसी महानगर क्षेत्रका अन्य संघ/संस्थासँग समन्वय गरी सबैलाई सहभागिता र सहयोगको लागि आव्हान गरेको छ l

अहिले नगरे कहिले गर्ने, हामी नेपालीले नगरे कसले गर्ने भन्दै यस्तो विषम परिस्थितिमा एउटा नेपालीलाई पर्दा अर्को नेपालीले सहयोग गर्नु हामी नेपालीहरुको धर्म हो। यसकारण आउनुस हामी नेपाली सबै मिलि ओम बिक्रम विष्टलाई सहयोग गरौ भनी इनासले संदेश सार्बजनिक गरेको छ l

गत डिसेम्बर ११मा इनास अमेरिकाको पहलमा ओम विक्रम विष्ट सहयोगार्थ साँस्कृतिक साँझ नामक कार्यक्रमको लागि डीसी क्षेत्रका विभिन्न संघ तथा संस्थाका प्रतिनिधिहरुको भेला गराएको थियो l

टिकट दर २५ डलर तथा विशेष ( भिआईपी)का लागि ५० डलर र १०० डलरको राखिने छ l कार्यक्रमको लागि विभिन्न राज्यहरुबाट कलाकारहरुको प्रस्तुति रहने छ l

https://www.gofundme.com/saveombikrambista

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *