न्युयोर्ककी शकुन ज्ञवालीको कविता संग्रह प्राज्ञ सरुभक्तद्वारा विमोचन

20161030_BijyaThapa-News


विश्वकै सम्राटराज्य न्युयोर्कमा बस्दै आएकी साहित्यकार, गायिका तथा कवियत्री शकुन ज्ञवालीको कविता संग्रह ‘तिमी र म’ को विमोचन संगीत तथा नाट्य प्रतिष्ठानका कुलपति प्राज्ञ सरुभत्तले एक समारोहको विच पोखरामा गरेका छन् ।

नेपालमा पुगेको दिनदेखि ज्ञवालीलाई अहिले भ्याई नभ्याई भएको छ । संचार माध्यममा जताततै छाएकी छिन् । उक्त विमोचन कार्यक्रममा वोल्दै प्राज्ञ सरुभत्तले ज्ञवालीले परदेशमा रहे तापनि नेपाली साहित्यको विकासमा खेलेको भूमिकाको प्रशंशा गरेका थिए ।

साहित्य सृजनाको लागि सर्जकहरू विदेशी भूमिमा रहे तापनि साहित्य सृजना कहिले नरोकीने सरुभक्तले बताए । उनले मन्तव्य कै क्रममा ज्ञवालीबाट उत्कृष्ट कृतिहरूको आफूले अपेक्षा गरेको र ज्ञवालीको कविता संग्रह ‘तिमी र म’ एउटा उत्कृष्ट कृतिरहेको बताए ।

सप्तरङ्गी सास्कृतिक प्रतिष्ठानको आयोजनामा भएको उक्त विमोचन कार्यक्रममा विशेष अतिथि भूमि सुधार मन्त्रालयका सचिव मोहन कृष्ण सापकोटा रहेका थिए ।

सप्त समालोचक जगनाथ रेग्मीले कृति माथि समिक्षा गर्दै शकुन ज्ञवालीको कविता सग्रह ‘तिमी र म’ मार्फत आफ्ना भावहरू अभिव्यक्त गर्न सक्षम रहेकी र प्रबासी सम्पूर्ण नेपालीहरूको भावना वोलेको सुख दुःख वोलेको वताउदै समालोचक रेग्मीले यस कृति मार्फत शकुन ज्ञवालीले आफूलाई सशक्त कविको रुपमा उभियाकी वताए ।

कवियत्री शकुन ज्ञवालीले आफूलाई साहित्य श्रीजनामा लाग्न प्रेरणा दिने पोखरालाई कहिल्यै भूल्न नसक्ने वताउदै प्रबासमा बसे पनि सिर्जनाले गर्दा देशमा यति माया र सम्मान पाईदो रहेछ भनी हर्ष व्यक्त गरिन ।

सगुनले मन्तव्य कै क्रममा आफ्ना हरेक सृजनामा साथ दिने पति विमल सापकोटा, कार्यक्रमको तारतम्य मिलाइदिने बुवाआमा, सासू ससुरा प्रति आफू नतमस्तक रहेको वताउदै कविता संग्रह ‘तिमी र म’ एक पटक पढ्न पाठकलाई आग्रह गर्दै प्रतिक्रिया मागिन ।

विमोचन कार्यक्रममा अलिमिया लोक वाङ्गमय प्रतिष्ठानका अध्यक्ष हनिफ मिया, अनेसास गण्डकीका अध्यक्ष दुर्गाबहादु शाह ‘बाबा’ स्वतन्त्र पत्रकार महासघका केन्द्रीय अध्यक्ष कृष्ण प्रसाद वास्तोला, लगाएतले कृति माथि बोल्दै शुभकामना दिएका थिए ।

कविता संग्रह ‘तिमी र म’मा विभिन्न ६२ वटा कविता सग्रह समावेश गरिएको छ । कार्यक्रममा सप्तरङ्गी सास्कृतिक प्रतिष्ठानले कविता संग्रह ‘तिमी र म’ कि लेखीका कवियत्री शकुन ज्ञवालीलार्इ सम्मान समेत गरेको थियो ।

लेखिका को पुरा नाम शकुन्तला ज्ञवाली भएता पनि साहित्यिक नाम शकुन ज्ञवालिरहेको छ । ग्वाँदी गुल्मीमा जन्मेकी ज्ञवाली हाल अमेरिकाको न्युयोर्कमा वसोवास गरिरहेकी छन् । अन्तराष्ट्रिय नेपाली साहित्य समाज न्युयोर्क शाखाकी महासचिव रहेकी उनी थुप्रै साहित्यकि सघं सस्थाहरूमा आवद्द रहेकी छन् । उनको यो कृति अगाडि पालुवा र मन्जरी (कविता सग्रह) लोक दोहोरी गीत, तीज गीत, लगाएत एक दर्जन एल्वमहरू प्रकाशित भइसकेका छन् । उनको बादलभित्र जून लुक्दा (गजल सग्रह) आफ्नै सेरोफेरो (गीति सग्रह) प्रकाशोन्मुख कृतिहरू रहेका छन् ।

सकुनले पोखरेलीहरूले निकै सम्मान गरेकोमा खुशी व्यक्त गर्दै प्राज्ञ सरुभक्तबाट सम्मान पत्र थाप्नु आफ्नो लागि निकै उत्प्रेरणा मुलक भएको बताइन । सप्तरङ्गी सास्कृतिक प्रतिष्ठानका अध्यक्ष नवराज बरालको अध्यक्षतामा भएको उक्त विमोचन कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष पदमराज ढकालले स्वागत मन्तव्य तथा कार्यक्रम सन्चालन प्रतिष्ठानका सचिव अभिमन्यु विक्रम राणाले गरेका थिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *