Skip to content

तसलिमा नसरिनद्वारा दामोदरको धर्मको ह्याङओभर लोकार्पण


काठमाडौं, चैत्र ९ गते, २०७३

प्रसिद्ध लेखिका तसलिमा नसरिनले बरिष्ठ साहित्यकार दामोदर पुडासैनी किशोर को दर्शन बिधाको कृति धर्मको ह्याङओभरु एक भव्य समारोहका वीच लोकार्पण गर्नुभएको छ ।

काठमाडौंको अन्नपूर्ण होटलमा कडा सुरक्षाकाबीच बसेकी अन्तर्राष्ट्रिय ख्यातिप्राप्त लेखिका तसलिमाले समाजमा रहेका बिकृति बिसंगतिहरुको बिरुद्ध डटेर लेख्न लेखक निर्भिकतापूर्वक लाग्नुपर्ने बताउनु भयो ।

उहाँले शक्तिको आडमा खराब काम गर्ने बिरुद्ध लेख्नु लेखकको मूख्य धर्म हो, समाजको हितको लागि जस्तोसुकै जोखिम मोल्न पनि लेखक डराउनु हुँदैन भन्नुभयो ।

उहाँले नेपाली साहित्य लेखनमा बरिष्ठ साहित्यका दामोदर पुडासैनी किशोरु को विशेष स्थान रहेको र उहाँजस्ता लेखकको धर्मको ह्याङओभरु जस्तो कृतिले धर्मको आधारमा समाजमा विद्यमान बिकृति हटाउन असाध्यै राम्रो भूमिका खेल्ने कुरा बताउनु भयो । यस कृतिमा पुडासैनीले निर्भिकतापूर्वक, तथ्य र प्रमाणका आधारमा धार्मिक बिकृृतिका उजागर गर्नुभएको कुरा उहाँले बताउनु भयो ।

नेपालमा अहिलेसम्म पनि पशु बली दिने, महिलाहरुलाई मन्दिरमा चढाउने, छाउपडीको नाममा महिलालाई शोषण गर्ने, दाइजो प्रथा जस्ता कुरीतिहरू प्रचलनमा रहनु दुःखको कुरा हो, त्यस्ता कुरीति नहटाएसम्म समाज सुधार हुन सक्तैन । पुडासैनीको धर्मको ह्याङओभरु धार्मिक पाखण्डीहरू बिरुद्ध दहृलो हतियार भएकोले यो कृति गाउँ गाउँसम्म पुर्याउन जरुरी छ भन्नुभयो । नेपालमा पहिलो पटक नेपाली लेखकको कृति आफ्नो हातवाट लोकार्पण गर्न पाउनु खुशीको कुरा हो भन्ने पनि उहांले सो अवसरमा बताउनु भयो ।

सो अवसरमा धर्मको ह्याङओभरुका लेखक दामोदर पुडासैनी किशोरले आफूले धर्मको नभै धार्मिक बिकृतिहरुको बिरोध गरेको र धर्मको नाममा जोडिएका अँध्यारा पक्षहरू मेट्न यस्तो कृति लेखेको कुरा बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *