सपनासिंह ठकुरीको “मायाले जहर खनायो” गीत बजारमा


मार्च ३, २०१८

नायिका तथा मोडल सपना सिंह ठकुरीले मायाले जहर खनायो बोलको गीत बजारमा ल्याएकी छिन । गोरखा डिजिटल म्यजिक प्रा.लि र सपना सिंह ठकुरीको लगानीमा म्युजिक भिडियो. निमार्ण भएको छ । मोडलीङ क्षेत्रमा ख्याति कमाएकी ठकुरीले अहिले आफै म्युजिक भिडियो निर्माण गर्न थालेकी हुन ।

श्रीयसी चेम्जोङको आवाजमा रहेको (मायाले जहर खनायो) बोलको गीतमा शब्द संगीत खेम सारु मगरको रहेको निर्देशन कपिल लामाले गर्नुभएकोछ भने इडिटिङमा दिपक बिष्टले गर्नुभएको छ। गीतको अडियो लाङगाली म्युजिक प्रा.लि र भिडियो गोरखा डिजिटल म्युजिक प्रा.लिले निमार्ण गरेको हो । नाच गानमा रुचि राख्ने नेपालगञ्जको बाकेमा जन्मिएकी श्याम नन्द सिंह ठकुरीको छोरी कलाकारितासँगै उनले इन्डियाबाट ब्याचलर पास गरेकी छिन् ।

एक कार्यक्रममा बोल्दै ठकुरीले आफू अभिनय क्षेत्रमा करीब ७ वर्ष अघि देखी लागेको र अहिलेसम्म करीब ३ दजर्न म्युजिक भिडियो र केही फिल्ममा समेत अभिनय गरिसकेको बताइन । नेपाल टेलिभिजनबाट प्रसारित छमछमीमा आफ्नो प्रस्तुति देखाउने अवसर प्राप्त भएपछि सबैको हौसलापश्चात मोडलीङ क्षेत्रमा आएको बताइन ।

पारीवारिक पृष्ठभूमि पनि गीत संगीत र अभिनय क्षेत्रमानै रहेकोले यस क्षेत्रमा काम गर्न आफूलाई सहज रहेको उल्लेख गर्दै सुरुमा बिन्दाबासिनी म्युजिक प्रा. लिबाट काम गरेको र अहिले गोरखा डिजिटल प्रा.लिबाट काम गरिरहेको बताइन ।

अहिले उनी निर्मित तथा अभिनित फिल्म अफिसर चैत २ गते चल्ने तयारी भएसँगै फिल्मको प्रमोसनमा लागेकी छिन सपना सिंह ठकुरी ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *