विजय थापा

20160423_BijayThapa-News

अनेसास केन्या च्यप्टरको स्थापना

गत अप्रिल १५, २०१६का दिन केन्याको राजधानी नैरोबीमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्या च्याप्टरको गठन भएको छ ।

उक्त दिन नैरोबीको नियारी इष्टेटमा भएको नेपाली समुदायको भेलाले उक्त निर्णय गरेको हो । निर्णय अनुसार अध्यक्षमा नारायणदेवी अखिलि क्षेत्री, उपाध्यक्षमा साङ्गे डोमा, सचिवमा रेखा राई र कोषाध्यक्षमा मृदुला राई रहनु भएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दामोदर पुडासैनीका थप नयाँकृति प्रकाशित

वरिष्ठ साहित्यकार दामोदर पुडासैनी ‘किशोर’का यस वर्ष थप दुई नवीन कृति प्रकाशित भएका छन् । उहाँको सीमानाका रङ्ग सीमानाका तरङ्ग नामको नियात्रा सङ्ग्रह रत्न पुस्तक भण्डार काठमाडौँले र धर्मको ह्याङ्ओभर नामको दर्शनकृति मानववादी समाज (सोच) नेपालले प्रकाशमा ल्याएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
20160410_BijayThapa-News

नीलम कार्की निहारिकाको उपन्यास “चीरहरण” प्रकाशित

मानिस अक्सर मध्यरातमा कुम्भकर्ण झैँ मस्त निद्रामा सुत्दछन । बिदेशमा झन् कुखुराको डाकमा ब्यूँझने र एकाबिहानै काममा जानु पर्ने भएकोले सम साँझै सुत्ने पनि गरिन्छ । तर साहित्यकार नीलम कार्की निहारिकालाई आफ्नो उपन्यास “चीरहरण” प्रकाशित गर्न पटक पटक मध्यरातमा ब्यूँझिनु पर्यो । उठेर भए पनि आफ्नो काम फत्ते गरेरै छोडिन । पाँच वर्ष कडा मेहनत गरेर युवा आख्यानकार नीलम कार्की निहारिकाले आफ्नो जन्म दिनको अवसरमा पारेर “चीरहरण” उपन्यास प्रकाशित गरेकी छन ​।​

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
20160327_BijayThapa-News-01

अमेरिकामा ८०औं वासु शशी जयन्ती मनाइयो

नेपाली साहित्यका मूर्धन्य साहित्यकार वासु शशीको ८०औं जन्म जयन्ती अमेरिका नेपाल साहित्य प्रतिष्ठानको आयोजनामा मनाईयो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

न्युयोर्कमा रंगकर्मी हरि ब थापाद्वारा अभिनित नाटक प्रदर्शन तथा लोकार्पण

गत मार्च २०, २०१६ तारिख न्युयोर्कमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्युयोर्क शाखाको आयोजना वरिष्ठ रंगकर्मी हरि बहादुर थापाको उत्कृष्ट १० वटा नाटकका अंशहरू समेटिएको श्रब्य दृष्य सिक्का चक्का (भीसीडी) को प्रदर्शन तथा लोकार्पण न्युयोर्कमा गरियो l

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
20160306_BijayThapa_Interview-GGP-01

नलेखी बस्दा मन छटपटिन्छ र दिमाग रन्थनिन्छ – गोविन्द गिरी प्रेरणा

झन्डै ३८ वर्षदेखि अविरल रुपमा साहित्यको फाँटमा कलम चलाइरहेका साहित्यकार गोविन्द गिरी प्रेरणालाई नलेखी बस्दा कतिको हात सक सकाउँछ भन्ने जिज्ञासा राख्दा उनी भन्छन, नलेखी बस्दा मन छट पटिन्छ र दिमाग रन्थनिञ्छ । नलेखी बस्नु भनेको स्वास नफेर्नु जस्तो हो । त्यो नगरे मन भुट भुटिन्छ प्रेरणा भन्दछन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
20160203_BijayThapa-News_01

अमेरिकामा शकुन्तला ज्ञवालीका ‘पालुवा र मन्जरी’ लोकार्पण

साहित्यकार तथा कवियत्री शकुन्तला ज्ञवालीद्वारा रचिएका कविताहरूको संग्रह “पालुवा र मन्जरी” अमेरिकाको न्युयोर्कमा भव्य कार्यक्रमका बीच लोकार्पण गरियो । लोकार्पित पुस्तकका प्रकाशक समेत रहेका अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यूयोर्क शाखाको आयोजनामा ‘पालुवा र मन्जरी’ लोकार्पण सफलता पूर्वक सम्पन्न भएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भाषा लोपोन्मुख हुनबाट बचाउन बच्चा बच्चीलाई आफ्नो भाषा बोल्न लगाउनै पर्छ

भाषाबिज्ञ तथा भाषा सम्बन्धी एक सम्मेलनको लागि क्यालिफोर्निया तथा अतिथि वक्ताको रुपमा डिसीमा सहभागी भैसक्नु भएका नारायण प्रसाद शर्मा (विद्या वारिधि) केही समयदेखि अमेरिकाको भ्रमणमा हुनुहुन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विदुर भनेर विरोध नगर्ने समाजले महिलालाई शक्तिमा देख्न मन पराउँदो रहेनछ

विधवाले भ्रमण गरेको भनी जनकपुरको जानकी मन्दिर अपवित्र भएकोले चोख्याउने हर्कतले महिला वर्गलाई मर्माहत तुल्याएको छ । जनकपुरमा राष्ट्रपति भण्डारीलाई गरिएको अभद्र व्यवहार र आचरणले महिलाहरूको हृदय पुन छिया छिया भएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
20151202_BijayThapa_News

साहित्यकार दामोदर पुडासैनीलाई सर्बोत्कृष्ट अनेसास अन्तर्राष्ट्रिय पुरस्कार

नमेटिएका चित्रहरू, नियात्रा कृतिका लागि अनेसास अन्तर्राष्ट्रिय सर्बोत्कृष्ट पुस्तक पुरस्कार बिजेता चर्चित तथा वरिष्ठ साहित्यकार दामोदर पुडासैनी “किशोर”ले अमेरिकाका विभिन्न राज्यहरूमा आयोजना भएका साहित्यिक कार्यक्रममा भाग लिनु भएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

लेखिका नीलम कार्की “निहारिका”ले लेखनको रकम बालबालिकाको शिक्षालाई दिने

अमेरिकाको न्युयोर्कलाई कर्मथलो बनाउदै आएकी कवियत्री,साहित्यकार तथा लेखिका नीलम कार्की निहारिकाले लेखनबाट आउने लेखस्व, पुस्तकका रोयल्टी(राजशुल्क)पुरस्कार आदिबाट आएको रकम असहाय र गरिब बाल बालिकाको शिक्षा निम्ति प्रदान गर्ने प्रतिबद्दता जाहेर गरेकी छिन् l

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
20151128_BijayThapa_News

पिट्सवर्गमा ‘दि प्याथेटिक जर्नी’को घुम्टो खोलिदाँ

पेन्सेल्भेनिया राज्यको सुन्दर सहर पिट्सवर्ग । अलि अलि उठेका क्षितिज जोड्ने खोज्ने डाँडाकाँडा । अनि बाइरोडको जस्तै घुमौरो बाटो । उकाली ओराली अनि भञ्ज्यांग चौतारी । लाग्थ्यो, हामी कतै नेपालकै कुनै भूभागमा टेकिरहेका छौं । तर, चिटिक्क परेको सफा सहर, चिल्ला सडक र सुकिला गाडीहरू । यिनीहरूले भने हामीलाई नेपाल बिर्साउने छुट दिदैनथे ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
20151121_BijayThapa_News-01

डिसीमा अनेसास सर्बोत्कृष्ट पुस्तक पुरस्कार तथा देवकोटा जयन्ती समुद्घाटन

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले हरेक दुई वर्षमा प्रदान गर्ने अनेसास सर्बोत्कृष्ट पुस्तक २०१५का बिजेताहरूलाई पुरस्कार वितरण राखिएको कार्यक्रमको अवसरमा १०६ औ देवकोटा जयन्ती मनाउनुको साथ समुद्घाटन कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ l

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
20141030_BijayaThapa-News

अमेरिकामा डा त्रिपाठी समालोचक शिरोमणि पदद्वारा सम्मानित

अमेरिकाको डिसी महानगर क्षेत्रमा आयोजना गरिएको सम्मान कार्यक्रममा नेपाली साहित्यका प्रकाण्ड विद्वान, त्रिभुवन विश्व विद्यालयका प्राध्यापक,नेराप्रपका पूर्व कुलपति मदन पुरस्कार विजेता डा. वासुदेव त्रिपाठीलाई सम्मान गरिदै वहालाई समालोचक शिरोमणि पदद्वारा विभूषित गरिएको छ l

उक्त अभिनन्दन कार्यक्रममा अमेरिकाबाट संचालित साहित्यिक बिधुतीय पत्रिका खसखस डटकमको तर्फबाट संचालक तथा साहित्यकार बासु श्रेष्ठले डा त्रिपाठीलाई अभिनन्दन गर्नुभएको थियो l उक्त सम्मान कार्यक्रम अमेरिकास्थित अन्तरराष्ट्रिय नेपाली साहित्य समाज, एएनए नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिका तथा अमेरिका नेपाल साहित्य प्रतिष्ठानले संयुक्त रुपमा लक्ष्मी जयन्तीका अवसरमा अभिनन्दन गरिएको हो l

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अमेरिकाका नेपालीलाई भानुभक्त स्वर्ण पदक प्राप्त

अमेरिकामा बसोबास गर्ने नेपाली समुदायका व्यक्तिहरूलाई नेपाल सरकारले भानुभक्त द्विशतवार्षिकी कार्यकारी समितिको सिफारिसमा भानुभक्त द्विशतवार्षिकीको उचाई प्राप्तिका लागि समर्पित भएर कार्य गर्ने नौ जनालाई “भानुभक्त स्वर्ण पदक” प्रदान गरेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अन्तर्राष्ट्रिय ​नेपाली नारी लेखन मंचको प्रथम कार्यक्रम सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली नारी लेखन मंचले बिश्वमा बढदो नारी हिंसा बिरुद्ध चेतनामुलक साहित्यक कार्यक्रम “चेतनाका आवाजहरु” हालै डिसीमा सम्पन्न गरेको छ ।

संस्थाका तर्फबाट सीता पाण्डे र नम्रता गुरागाईंको उपस्थिति थियो । नम्रता गुरागाईंबाट संचालित उक्त कार्यक्रमको अध्यक्षता संस्थाका उपाध्यक्ष सीता पाण्डेले गर्दै सहभागी सबैलाइ संस्थाको परिचय गराएर स्वागत गर्नुभएको थियो भने प्रमुख अतिथि नेपाली दुताबासका प्रथम सचिव नारायण मैनालीले पानसमा बत्ती बालेर कार्यक्रमको विधिवत उदघाटन गर्नुभएको थियो । ​ ​

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

डिसीमा सिद्धिचरण जन्म जयन्तीमा सम्मान

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) डिसी शाखाको आयोजनामा सिद्धिचरण जन्म जयन्ती बिगत वर्ष झैँ सफलता पूर्वक मनाईएको छ l उक्त कार्यक्रममा बिबिध कोसेली प्रस्तुतिको साथै आमन्त्रित बिसेष व्यक्तित्व, भाषा तथा साहित्यमा बिसेष योगदान गर्नु हुने नेपाल, अमेरिका र बेलायत ३ वटा मुलुकहरूमा बसोबास गर्ने व्यक्तिहरूलाई सम्मान गरिएको थियो l

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बृहत नेपाली साहित्य सम्मेलन २०१४ तैयारी समिति गठन

एएनए नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाको तत्वाबधानमा जुलाई ४- ६ तारिखमा हुने ३२ औ ए एन ए सम्मेलनमा “बृहत नेपाली साहित्य सम्मेलन-२०१४” मूल तैयारी समिति गोबिन्द सिंह रावत (विद्या वारिधि)को संयोजकत्वमा गठन गरिएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एटलान्टामा वसन्त चौधरीको ‘विश्व काव्य यात्रा’ भव्यताको साथ सम्पन्न

गत चैत्र २ गते आइतबार अमेरिकाको एटलान्टा शहरमा न्यागद्वारा आयोजना गरिएको कवि, गीतकार एवम् साहित्यकार वसन्त चौधरीको “विश्व काव्य यात्रा” भव्यतापूर्वक सम्पन्न भएको छ ।

अमेरिकाको भ्रमणमा साहित्य यात्रालाई निरन्तरता दिदै यही शिलशिलामा एटलान्टा आई पुगेका वसन्त चौधरीले “विश्व काव्य यात्रा ”संस्करणमा यस पटकको यात्राको लागि अन्तिम शहर एटलान्टामा अन्तिम प्रस्तुति गर्दै यात्रा पूर्ण बिराम गरेका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रूसमा आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिकी समारोह समिति गठन

रूसमा बसोवास गरिरहेका साहित्यानुरागी नेपालीहरूले हरेक वर्ष भानुजयन्ती मनाउँदै आएको र हाम्रा आदिकविको द्विशताव्दीय जन्मजयन्तीको उपलक्ष्यमा विश्व नेपाली साहित्य महासंघ, रूस शाखाबाट रूसी भाषामा हाम्रा आदिकवि भानुभक्त आचार्यका केही कविता तथा काव्यांशको अनुवादका साथै मूल नेपालीसहित द्विभाषिक कवितासङ्ग्रह “लोकको गरूँ हित् भनी” शीर्षकमा प्रकाशमा ल्याइएको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •