साहित्यकार कृष्ण धरावासीको राधा मेरिल्याण्डको पुस्तकालयमा


साहित्यकार तथा उपन्यासकार कृष्ण धरावासीले लेखेको चर्चित उपन्यास राधा अमेरिकाको पुस्तकालयमा उपलब्ध हुन् थालेको छ । उनले लेखेको राधा उपन्यास को अंग्रेजीमा अनुवाद गरिएको राधा अमेरिकाको मेरिल्याण्ड राज्यको एक पुस्तकालयले राख्न प्रारम्भ गरेको छ ।

सेप्टेम्बर ६ तारिख देखि उनको अंग्रेजी राधा उपन्यास मेरिल्याण्ड राज्यको चार्ल्स काउन्टीको वालडोर्फ पश्चिम शाखामा राखिएको छ । केही वर्ष अमेरिका बसेर केही समय अगाडि मात्र नेपाल फर्कनु भएको छ ।

धेरै किताव लेखियो,बजारमा प्रसस्त आए,तर वजनदार किताव जसको महत्व पूर्वी तथा पश्चिमी समाजमा उत्तैको महत्व राख्ने पुस्तक लेखिएको छैन ।

राधा एक अपवाद भएर निस्केको छ ।

यस अघि प्रा सम्राट उपाध्यायले लेख्नुभएको पुस्तक एरेस्टिंग गड इन काठमाडौँ सन् २००१ देखि यता खासै अरु पुस्तक चर्चामा आएका थिएन । यो पुस्तकले अब अमेरिका जस्तो ठाउँमा सार्बजनिक पुस्तकालयले किनेर आफ्नो संकलनमा राख्नु नेपाली लेखकका लागि ठूलो महत्व राख्दछ ।

अनेशासका शाखाहरू विश्व भर वर्गेल्ति भएता अखासै अन्तर्राष्ट्रिय साहित्यिक उपलब्धिको नाममा खासै केही देखाउन सकिरहेका छैनन् । उनीहरुले कि विश्व विख्यात साहित्यिक पुस्तकहरू उल्था गरेर नेपाली भाषामा छाप्न सक्नु पर्यो कि त नेपाली साहित्यका संख्यात्मकभन्दा गुणात्मक पुस्तकहरू छापेर विश्व भरि फैलाउन सक्नु पर्यो ।

धरावासी कथा विधामा र उपन्यासमा कलम चलाउन रूचाउँछन्। उनले वि.सं. २०६२ सालमा राधा उपन्यासको निम्ति मदन पुरस्कार पाएका थिए ।

  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *