Skip to content

डिसीमा भयवादका अभियन्ता देश सुब्बासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

20161210_BijayThapa-News


नेपाल धरान घर भै हाल लामो समयदेखि हंगकंग बस्नु हुने भयवादी साहित्यिक धाराका अभियन्ता एवं श्रस्टा देश सुब्बासँग डीसीमा अन्तरक्रिया कार्यक्रम संपन्न गरिएको छ ।

अमेरिकाको विभिन्न राज्यहरूमा विभिन्न कार्यक्रममा सहभागी हुदै वाशिंगटन डीसी आई पुग्नु भएका सुब्बासँग डीसी महानगर क्षेत्रमा विभिन्न पेसामा समलग्न व्यक्तिहरूको पहलमा उक्त कार्यक्रम भएको हो ।

कार्यक्रममा आसन ग्रहण तथा अन्य औपचारिक कार्यक्रमलाई थाती राख्दै भयवादी साहित्यिक धाराका अभियन्ता हर्ष सुब्बलाई मन्तव्य राख्न दिइएको थियो । सुब्बाले आफ्नो मन्तव्य विस्तृतसँग राखेका थिए भने मन्तव्य पछि केही जिज्ञासा समेत राखिएको थियो ।

मन्तव्य क्रममा सुब्बाले धेरै शक्तिशाली अँध्यारोलाई छोडेर उज्यालो तर्फ गए झै चर्चा गर्दै तर बैज्ञानिकहरूले अँध्यारोलाई महत्व दिइरहेको बताए । वहाले उज्यालोलाई महत्व दिए जस्तै भयलाई छोडेर आदिम कालीन देखि आएको बताए ।

उनले फेरि भयलाई हामीले अविस्कार नगरेको भन्दै तर वादलाई जोडेको प्रसंग निकाले भने भय कसरी हुन्छ ? कहाँ हुन्छ भन्ने चर्चा नगरी कन बृहत् रुपमा उनले चर्चा सुरु गरे ।

कुन कुरालाई उठान गर्दा विश्वमा स्थापना हुन सक्छ । आधुनिक काल र मध्ये कालले पनि छोडेको छ र त्यही कुरालाई उठाउँदा स्थापित हुन सक्छौ भने ।

र यसरी छोडिएको कुरा उठाउनु पर्ने मेरो मान्यता रहेको बताय । उनले एक शक्तिले अर्को शक्तिलाई दबाउने हुन्छ भन्दै त्यहाँ पनि भय भएर त्यस्तो भएको बताए ।

कसैमा रहेको डरलाई पहिला हटाउनु पर्छ त्यों हटेमा उसले आफ्नो कुरा भन्ने बताए । त्यों भय पछि मात्रा समस्याका समाधानका बाटाहरू निस्कने बताए । सुब्बाले थुप्रै उदाहरण सहित भयबादका सिद्धांत तथा अन्य विषयमा बोलेका थिए ।

कार्यक्रमको संयोजन साहित्यकार तथा लेखक लेखनाथ भंडारी लगायत अन्यले गरेका थिए । कार्यक्रममा भण्डारीले स्वागत गर्दै कार्यक्रम बारेमा बोलेका थिए ।

विजय थापा,
वाशिंगटन डी​​सी
डेसम्बर १०, २०१६

Leave a Reply

Your email address will not be published. Required fields are marked *