साहित्यकार गोविन्द गिरी प्रेरणाको चालीस वर्षे जोवन


साहित्यकार गोविन्द गिरी प्रेरणाको चालीस वर्षे जोवनभन्दा पाठकवृन्दलाई अपत्यारिलो लाग्ला । उनको उमेरको कुरा गरेको होइन मैले । उनको लेखकीय उमेरको कुरा गरेको हुँ । उनले लेखेको पहिलो प्रकाशित रचना प्रकाशन भएको ठ्याक्कै चालीस वर्ष पुगेको छ । उनी ४० वर्षदेखि नित्य निरन्तर लेखिरहेका छन् । नेपालमा हुँदा मात्र होइन संसारको जुनसुकै कुनामा पुग्दा पनि उनको लेखनले थकाइ मार्दैन ।

वि.सं.२०३४ साल फागुन महिनामा फ्रेण्ड्स क्लव कोपुण्डोलको आधिकारिक मुखपत्र आस्थामा उनको पहिलो रचना कथा प्रकाशित भएको थियो । त्यो कथाको सिर्षक थियो जुन कथा उनको अहिलेसम्म प्रकाशित ६ कथा सङ्ग्रहहरू कुनैमा पनि राखिएको छेन ।

उनले लेखेका विभिन्न विधाका रचनाहरू एकपल्ट अवलोकन गरौं :

१, उनका हालसम्म ६ कथा सङ्ग्रहहरू प्रकाशित भएका छन् । ती हुन् सुतेको समुद्र, अन्तराल, यात्रा अनन्त, घोराही शून्य किलोमीटर, छड्के तिलहरी तथा गन्तव्य गणवहाल ।

२, उनका हालसम्म ४ उपन्यास प्रकाशित छन् । ती हुन्: उत्खनन, पाखण्ड पर्व, अन्तिम खाडल तथा मात्र एक रात । यी बाहेक पुस्तकको रूपमा नआएका तर विभिन्न पत्रिकामा छापिएका ४ उपन्यास छन् ।

३, उनले लेखेका कविताहरुको संख्या प्रशस्त भए पनि पुस्तकका रुपमा ५ सङ्ख्यामा छन् । ती हुन् स्वप्नकथा जारी छ, अचानक एकदिन, फूलहरू केही त वोल, राजमार्गका सुन्दरीहरू तथा दुई दशकका आवाजहरू ।

४, उनले लेखेका नियात्रका पुस्तक ३ वटा छन् । ती हुन्: फेरो, टिष्टाको किनारै किनार तथा गुडवाई अमेरिका ।

५, उनले समालोचनाको पुस्तक हो : तेलको धूप ।

६, उनका निवन्धका दुई पुस्तक प्रकाशित छन्, ती हुन्: पाउली वुलु तथा दुई दशकका चिन्तनहरू ।

७, उनले विभिन्न पत्र पत्रिकाका लागि लेखेको व्यँग्य प्रजातन्त्रको काफल पाक्यो हजुर पुस्तकमा सङ्कलित छन् ।

८, जापानी लेखकहरुको सङ्क्षिप्त चिनारी र जापानी केही रचनाको पुस्तक जापानी साहित्यको सङ्क्षिप्त परिचय तथा जापानी बौध्द गुरु दाइसाकु इकेदाका कविता र निबन्धको अनुवादको पुस्तक दाइसाकु इकेदाका कविता र निवन्ध समेत प्रकाशित छ ।

९, साहित्यकार प्रेरणाले ६ महिनासम्म इमेलमा कमल दीक्षितसँग लिएको अन्तरबार्ताको पुस्तक कमल दीक्षितसँग इमेल वार्ता तथा साहित्यकार प्रेरणाको लेखनको २५ वर्ष पुगेको उपलक्षमा २५ जना साहित्यकारले लिएको अन्तरबार्ता पुस्तक प्रश्नै प्रश्नकावीच प्रेरणा कृसु क्षेत्रीको सम्पादनमा समेत प्रकाशित छन् ।

साहित्यकार गोविन्द गिरी प्रेरणा आफू लेख्ने प्रकाशित गर्ने बाहेक समकालीन तथा अनुज पुस्ताका साहित्यकारलाई लेख्न, प्रकाशन गर्न तथा रचनाहरू सम्पादन गर्न पनि उत्तिकै लागि पर्छन । यसको फलस्वरुप उनको सम्पादनमा केही परख: कदीका, हेम हमालका कविता, वसन्त श्रेष्ठका कविता, मुरारी अधिकारीका कथाहरु, घडीहरुको देशमा समय खोज्दै(ध्रुवचन्द्र गौतमको जापान भ्रमणको नियात्रा), ध्रुवचन्द्र गौतमका एकाउन्न कविता लगायत पुस्तकहरू नेपाली साहित्यको भण्डारमा थपिएका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *