विजय थापा, डिसी
अमेरिकामा ‘महको म’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बरिष्ठ हाँस्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथामा तयार पारिएको ‘महको म’ विषयक अन्तरक्रिया कार्यक्रम मेरिल्याण्ड राज्यको जर्मन टाउन नामक शहरमा सम्पन्न भएको हो |
गत अगस्त ४ तारिख शनिबार २०१८ मेरिल्याण्ड राज्यमा बरिष्ठ हाँस्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठसँग चर्चित पत्रकार प्रेम बानियाले उनको ‘महको म’ विषयमा अन्तरक्रिया गरेका थिए ।
पत्रकार बानियाले मदन कृष्ण श्रेष्ठको बारेमा चर्चा गर्दै विशाल महासागर जस्तो जीवन बाँच्ने व्यक्तित्वको बारेमा बोल्न पाउँदा गौरन्वित भएको बताएका थिए । उनले मदन कृष्णलाई मन्चमा बोलाउदा सबैलाई उठेर वहाको नाम लिन आग्रह गर्दा दर्शकले एकै साथ कलाकार मदन कृष्ण श्रेष्ठको नाम लिएका थिए ।
कार्यक्रमको प्रारम्भमा अरबै मान्छेमा तिमी एक, मन मिल्ने मान्छे शिर्षकको गीत गाएका थिए । नेपालमा पनि धेरै ठाउँमा अन्तरक्रिया कार्यक्रम गरेको जानकारी दिदै श्रेष्ठले दशौ पटक अमेरिका आएको बताएका थिए ।
मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ पुस्तक पत्रकार प्रेम बानियालाई पढ्न दिइएको थियो भने उनले उक्त पुस्तकबाट मुख्य रुपमा आफूले केही मुख्यहरू कुराहरू जिज्ञासा राख्नेका थिए । र, त्यसै सेरोफेरोमा उनले अन्तरक्रिया कार्यक्रम सुरुवात गरेका थिए ।
कलाकार श्रेष्ठले पत्रकार बानियाको सवालमा श्रेष्ठले आफनै मौलिक शैलीमा प्रस्तुत गर्दा दर्शक तथा स्वय म कार्यक्रम प्रस्तोताले हासो रोक्न सकेका थिएनन् ।
कार्यक्रमको प्रारम्भमा उनको पुर्खौली घर जितपुर र उनले बाल्यकाल बिताएको घर सम्बन्धी तयार गरिएको श्रब्य दृश्य प्रस्तुति गरिएको थियो । पत्रकार बानियाले जितपुरको बाल्यकाल अवस्थामा गरेका, बाबुले ५ पटक बिहे गरेको छोराले हेरेको, ७ कक्षा पढ्दासम्म ९ पटक विद्यालय फेरेको, कर्मचारी संचय कोषबाट आफू भित्र निहित प्रतिभा सुरु भएको आदि ईत्यादी सवाल राखेका थिए ।
कार्यक्रम प्रस्तोता बानियाले बाबुले ५ पटक बिहे गरेको छोराले हेरेको र ७ कक्षा पढ्दासम्म ९ पटक विद्यालय फेरेको आदि ईत्यादीमा दाइ भन्ने सम्बोधन गर्दै तपाईमा गिनिज वर्ल्ड रेकर्डमा किन नाम नलेखाउने भनी जिज्ञासा राखेका थिए । साथै जीवनमा भोगेका अनेकौ अविस्मरणीय क्षण, कर्मचारी संचय कोषको बनभोजमा चिनिया शैलीमा प्रस्तुत गरेको स्मरण आदि ईत्यादी सुनाउदा दर्शक बेजोड हाँसेका थिए । त्यसका पृष्ठ भूमि समेतको चर्चा गर्दा झनै रमाइलो दर्शकले मानेका थिए ।
मदन कृष्णले ‘आत्मकथा लेख्न सजिलो हुन्छ होला भन्ठानेको तर मलाई ६ वर्ष लागेको बताए । आत्मकथा लेख्न सुरु गरेको बेलामा पत्नीलाई अबुर्द (क्यान्सर )भएर उपचारतिर लाग्नु परेकाले ‘महको म’ लेखनमा ढिलाई भएको उनले बताए ।
महको म’ लेख्दा पार्किन्सन्स रोगले गर्दा निकै कष्टप्रद बनेको उनले बताए । पुस्तकमा श्रेष्ठको बाल्यकाल, प्रारम्भिक संघर्ष, प्रेम र विवाहदेखि कलाकारितामा सफल हुँदा सम्मका उकाली ओराली, अबुर्द (क्यान्सर) रोग को संघर्ष आदि ईत्यादी समेटिएको छ ।
श्रेष्ठले अन्तरजातीय विवाहमा पनि निकै चर्चा गरेका थिए । यदि यस्तो नगरेको भए आफू यति फराकिलो दायरा आफू नहुने थिए भनी आफ्ना कुराहरू राखेका थिए । उनले आफ्नो बिहेमा पत्नी यशोदा सुबेदी को सट्टा निमन्त्रणा पत्रमा यशोदा मैया छापिएको समेत चर्चा गरेका थिए ।
पत्रकार बानियाले नरम शैलीमा अन्तर्वार्ता शैलीमाभन्दा कुराकानी जस्तै गर्ने भनी ठट्यौली पारामा जिज्ञासा राखेका थिए। श्रेष्ठले पनि निर्धक्क भएर आफ्नो बेइज्जत आफूले धेरै पटक गरे है भन्दै अब नगरौ क्यारे भन्दै प्रतिप्रश्न बानियालाई गरेका थिए ।
प्रेम बानियाले उक्त पुस्तक पढेपछि बिर्सनै नसक्ने एक व्यक्तित्व तथा मदन कृष्ण श्रेष्ठका साथी दिल कुमार श्रेष्ठ जो १९७७मा अमेरिका आएका जसले नेपालमासँगै सांस्कृतिक समूह खोलेको प्रशङ्ग उल्लेख गर्दै उनलाई मन्चमा बोलाएका थिए । र, केही कुरा सोधेका थिए ।
कलाकार मदन कृष्ण श्रेष्ठले ५ वटा जति गीत गाएका थिए भने पत्नीलाई सम्झना गर्दै आफू अब हाँसेर जीवन बिताउने बताएका थिए । केही क्षण गम्भीर हुँदा दर्शक पनि गम्भीर तथा भावुक बनेका थिए ।
कार्यक्रमको २७ वर्ष अगाडि डिसी महानगर क्षेत्रमा स्थापना भएको अमेरिकामै अत्यन्तै क्रियाशील नेवा समुदायको गैर मुनाफा सामजिक संस्था आयोजना नेपा पास पुचः अमेरिकाय (एनपीपिए )ले गरेको हो ।
संस्थाको तर्फबाट अध्यक्ष राजु जोशीले स्वागत गर्दै प्रायोजक तथा सबैलाई धन्यवाद दिएका थिए । यसै गरी मेरिल्याण्ड तथा पेनसेलभेनियाका लागि नेपाल सरकारका अवैतनिक महाबाणिज्य दुत प्रेम राजा महतले पनि मदन कृष्ण श्रेष्ठ को बारेमा केही कुराहरू राखेका थिए । कार्यक्रमको सुरुवातमा कार्यक्रम संचालन निभा प्रधानले गरेकी थिइन् ।
नेपा पास पुचः अमेरिकाय (एनपीपिए)ले बिगतमा पनि यस्ता उच्च स्तरीय कार्यक्रम गर्ने गर्छ भने मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ पुस्तक विषयक अन्तरक्रिया कार्यक्रम अत्यन्तै उच्च स्तरीय रहेको थियो ।
