साहित्यकार गीता खत्रीको नयाँ पुस्तक अन्त्यहीन इच्छा बजारमा


विजय थापा,
माघ २०, २०७४

अमेरिकाको न्यू योर्कमा बस्दै आएकी साहित्यकार तथा अन्तर राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)कि केन्द्रीय पूर्व अध्यक्ष गीता खत्रीको नयाँ पुस्तक अन्त्यहीन इच्छा बजारमा आएको छ ।

हालसालै प्रकाशित उक्त पुस्तक अमेरिकामा उनले प्राप्त गरिसकेकी छिन् । उनको यो नयाँ पुस्तक छैठौ पुस्तक हो । साझा प्रकाशनद्वारा प्रकशित उक्त पुस्तक कथाहरुको संग्रह हो ।

पुस्तक को आवरण हरियो रंगमा प्रकाशित अन्त्यहीन इच्छा पहिलो पृष्ठमा पहिलो कथा छ । ८८ पृष्ठ को पुस्तकमा मोतीको माला, यस्तो पनि विवाह, संयोग, बाबुको मुख हेर्न दिन, विजय, नारी शोषण लगायत अन्त्यमा अन्तिम बिदाइ सहित १७ वटा कथाहरू रहेका छन् ।

नेपालका चर्चित साहित्यकारहरुले साझा प्रकाशनबाट आफ्नो कृति प्रकाशन गर्दछन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *