Skip to content

न्युयोर्कमा रंगकर्मी हरि ब थापाद्वारा अभिनित नाटक प्रदर्शन तथा लोकार्पण


विजय थापा,वाशिंगटन डिसी

गत मार्च २०, २०१६ तारिख न्युयोर्कमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्युयोर्क शाखाको आयोजना वरिष्ठ रंगकर्मी हरि बहादुर थापाको उत्कृष्ट १० वटा नाटकका अंशहरू समेटिएको श्रब्य दृष्य सिक्का चक्का (भीसीडी) को प्रदर्शन तथा लोकार्पण न्युयोर्कमा गरियो l

शाखाका अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि सयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गा प्रसाद भट्टराई हुनु हुन्थ्यो l

विशेष अतिथिहरूमा न्युयोर्कस्थित महाबाणिज्य दुताबासका महाबाणिज्य दुत नारायण प्रसाद मैनाली, सह बाणिज्य दुत साहित्यकार कृसु क्षेत्री,उप बाणिज्य दुत प्रविण भट्टराई र अनेशासक केन्द्रीय पूर्व अध्यक्ष गीता खत्रीको उपस्थितिरहेको थियो l

उक्त अवसरमा रंगकर्मी थापालाई सम्राटको उपाधिले सम्मान गरिएको थियो भने वहासँगै उपस्थित रहनु भएकी वहाकि धर्मपत्नी मिठु थापालाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो l

कार्यक्रममा हरि ब थापाको जीवनी साहित्यकार कृसु क्षेत्रीले सुनाउनु भएको थियो l सयुक्त रुपमा राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा अनेसास न्युयोर्क शाखा कि सदस्य विजय सिम्खडाले गर्नुभएको थियो l

कार्यक्रमको समुद्घाटन प्रमुख अतिथिले गर्नुभएको थियो l कार्यक्रम बीच अनेसास न्युयोर्कले हरेक महिनाको तेश्रो आइतबार नियमित रुपमा साहित्य शृंखला गर्ने समेत भएको जानकारी दिइएको छ l सो योजना अनुसार रंगकर्मी थापाबाट श्रीगणेश गरिएको छ l यसै गरी शाखाका अध्यक्ष राजेन्द्र श्रेष्ठले न्युजर्सीमा नेपाली भाषाको कक्षा संचालन भैसकेको बताउदै निकट भबिष्यमा न्युयोर्कमा पनि भाषा कक्षा संचालन गरिने बताउनु भयो l

सोही कार्यक्रममा नेपाल प्रहरीको उच्च पदमा पुग्ने पहिलो नेपाली महिला पार्वती थापा तथा क्विन्स चलचित्र महोत्सवमा उत्कृष्ट छायाँकारबाट पुरष्कृत रबिन आचार्यलाई समेत खादा ओढाई सम्मान गरिएको थियो l कार्यक्रम संचालन शकुन्तला ज्ञवालीले गर्नुभएको थियो l

Leave a Reply

Your email address will not be published. Required fields are marked *