Skip to content

एटलान्टामा वसन्त चौधरीको ‘विश्व काव्य यात्रा’ भव्यताको साथ सम्पन्न


चैत्र ५, २०७० भर्जिनिया
विजय थापा

गत चैत्र २ गते आइतबार अमेरिकाको एटलान्टा शहरमा न्यागद्वारा आयोजना गरिएको कवि, गीतकार एवम् साहित्यकार वसन्त चौधरीको “विश्व काव्य यात्रा” भव्यतापूर्वक सम्पन्न भएको छ ।

अमेरिकाको भ्रमणमा साहित्य यात्रालाई निरन्तरता दिदै यही शिलशिलामा एटलान्टा आई पुगेका वसन्त चौधरीले “विश्व काव्य यात्रा ”संस्करणमा यस पटकको यात्राको लागि अन्तिम शहर एटलान्टामा अन्तिम प्रस्तुति गर्दै यात्रा पूर्ण बिराम गरेका छन् ।

उक्त कार्यक्रममा कवि, गीतकार एवम् साहित्यकार वसन्त चौधरीको बहुआयामिक झल्किने एक वृत चित्र प्रस्तुत गरिएको थियो भने २ दर्जनभन्दा बढी सांगीतिक अल्बम र नया काव्य गीति रचनाहरू अहिलेको अत्याधुनिक संचार माध्यम थान (स्मार्ट मोबाइल (भ्रमण ध्वनि यन्त्र) बाट हेर्न र सुन्न सकिने गरी तयार पारिएको “मोबाइल याप्स” समाज सेबी तथा नेपलिज एसोसिएसन इन साउथ इस्ट अमेरिका (नासा) का निबर्तमान अधक्ष्य राजा घलेले लोकार्पण गरेका थिए ।

गीतकार तथा कवि चौधरीले लगातार ४५ मिनेटसम्म आफ्नो सृजना प्रस्तुति गर्दा दर्शक र श्रोताहरूको निक्कै अभिरुचि पूर्वक श्रवण गर्न बाध्य भएका थिए भने दर्शकले पुन कविता वाचन गर्न आग्रह गरेका थिए । सम्भवत कविता वाचनमा पहिलो पटक कविलाई यसरी पुन कविता वचन गर्न आग्रह गरिएको थियो ।

कार्यक्रमको बिच र अन्तिम चरणमा अन्तरक्रिया कार्यक्रम रहेकोले अरु थप मनोरंजन प्रदान गरेको थियो भने नासाका अधक्ष्य राम चन्द्र बराल (विद्या वारिधि) र समाजसेबी प्रह्लाद पन्त (विद्या वारिधि) द्वारा यी -पुस्तकको बिमोचन गरेका थिए ।

सोही अवसरमा नासाका निबर्तमान अधक्ष्यहरू क्रमस राजा घले र सन्जीव सापकोटा, बर्तमान अधक्ष्य डा. रामचन्द्र बराल, नेपालिज एसोसिएसन अफ जोर्जिया (न्याग) का निबर्तमान अधक्ष्यहरू क्रमश सी.के. पराजुली, प्रणय लामा, अधक्ष्य कृष्ण देवकोटा र समाजेसेवी डा. प्रल्हाद पन्त र दीपक पहारीद्वारा खादा ओडाएर सम्मान गरेका थिए ।

उक्त अवसरमा सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो भने नेपालका चर्चित उज्जु डारलिंगले दर्शकलाई मनोरंजन गराउदै हसाएका थिए ।

अमेरिकाको पेन्सेल्वेनिया र मेरिल्याण्ड राज्यको लागि अवैतनिक बाणिज्यदुत तथा नेपाली लोक संगीतको बरिस्ठ गायक प्रेमराजा महत र ख्यातिप्राप्त दोहोरी गायिका शान्ति भण्डारीको प्रस्तुतिले मन थाम्न नसकी दर्शकले साथ दिएका थिए ।

उक्त अवसरमा न्यागका अधक्ष्य कृष्ण देवकोटा र चौधरी बीच मायाको चिनो आदान प्रदान गरेका थिए । उक्त संस्थाका बरिस्ठ उपाध्यक्ष सन्तोष पहारीले कार्यक्रम संचालन गरेका थिए भने स्वागत मन्तब्य अधक्ष्य कृष्ण देवकोटाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *