Skip to content

डिसीमा अनेसास सर्बोत्कृष्ट पुस्तक पुरस्कार तथा देवकोटा जयन्ती समुद्घाटन

20151121_BijayThapa_News-01

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले हरेक दुई वर्षमा प्रदान गर्ने अनेसास सर्बोत्कृष्ट पुस्तक २०१५का बिजेताहरूलाई पुरस्कार वितरण राखिएको कार्यक्रमको अवसरमा १०६ औ देवकोटा जयन्ती मनाउनुको साथ समुद्घाटन कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ l



अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले हरेक दुई वर्षमा प्रदान गर्ने अनेसास सर्बोत्कृष्ट पुस्तक २०१५का बिजेताहरूलाई पुरस्कार वितरण राखिएको कार्यक्रमको अवसरमा १०६ औ देवकोटा जयन्ती मनाउनुको साथ समुद्घाटन कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ l

कार्यक्रम चार चरणमा अविभाजित गरिएको कार्यक्रममा नेपाली राजदुताबासका प्रमुख अतिथि तथा कार्य बाहक राजदुत ऋषि राम घिमिरे तथा साहित्यकार /उपन्यासकार विशेष अतिथिले तारा नाथ शर्मा (विद्या वारिधि )ले पानसमा बत्ती बाल्नुको साथ देवकोटाको तस्बिरमा माल्यार्पण गरी देवकोटा जयन्तीको समुद्घाटन गर्नुभएको थियो l

कार्यक्रममा स्वागत मन्तब्य साहित्यकार प्रकाश नेपालले गर्नुभएको थियो भने शिव लामिछानेले देवकोटालाई समर्पित गर्दै एक कविता पनि वाचन गर्नुभएको थियो l पन्च कन्या बालिकाले नेपाली राष्ट्रिय गान गाएका थिए भने आस्था श्रेष्ठले अंग्रेजी राष्ट्रिय गान गाएकी थिइन् l

अनेसासका पूर्व अध्यक्ष तथा साहित्यकार वसन्त श्रेष्ठले देवकोटाले सबै वर्गलाई समेट्ने गरी लेख्थे l श्रेष्ठले अगाडि भने देवकोटाले अन्तर राष्ट्रिय क्षेत्रमा पुर्याएको योगदानले नेपाली साहित्य अहिलेसम्म यो अवस्था पुगेको चर्चा गर्दै देवकोटा केही प्रसंग सुनाएका थिए l र देवकोटा जस्तो अद्वितीय व्यक्तिका अप्रकाशित रचनालाई प्रकाशित गर्ने तारतम्य मिलाउने सके त्योभन्दा ठुलो केही हुदैन श्रेष्ठ र घरको मर्मत गर्न सक्नु पर्ने कुरामा जोड दिएका थिए l

यसै गरी अनेसासका संस्थापक होम नाथ सुबेदीले देवकोटा तथा डा तारा नाथ शर्माको बारेमा केही कुरा राखेका थिए l नेपालबाट पुरस्कार थाप्न आउनु भएका पोखरा विश्व विद्यालयका प्राध्यापक कुशुमाकार नेउपाने देश रुएको छ र देश थिलथिलो अवस्थामा भएको चर्चा गरेका थिए l र देशले भोगेको अवस्था बारेमा बोल्दै देशमा संस्कृति समाप्त भए देश कंगाल हुने भन्दै खबरदारी गरे l आफूले आफनै खर्चले अनुसन्धान गरेको भन्दै अनेसासले दोश्रो पटक पुरस्कार गरेकोमा अने सा सालाई धन्यवाद दिएका थिए l

विशेष अतिथि तारानाथ शर्माले देवकोटालाई देवता मान्छु भन्नुभयो l आफू भारतको खर्साङ्गमा पढ्दा दार्जेलिङ्ग आएर देवकोटालाई भेटेको कहानी सुनाउनु भएको थियो l देवकोटाले शर्मालाई बाबु भनेर सम्बोधन गरेको र वहासँग बसेर गफ गरेको सुनाउनु भएको थियो l

नेपाली राजदुताबासका कार्यबाहक राजदुत तथा प्रमुख अतिथि ऋषि राम घिमिरेले अनेसासलाई धन्यवाद दिदै देवकोटा प्रति श्रद्धा सुमन व्यक्त गर्नुभयो l यसै गरी नेपाली कला संस्कृति तथा भाषा जगेर्ना गर्न अहम भूमिका निर्वाह गरेकोमा सराहना गर्नुभएको थियो l

यसै गरी अनेसासका गुठीका अध्यक्ष डा श्याम कार्कीले सबैमा धन्यवाद दिनु भएको थियो भने कार्यक्रम संचालन राम प्रसाद खनालले गरेका थिए l र अनेसासका अध्यक्ष पदम विश्वकर्माले सबैमा विशेष धन्यवाद दिदै पहिलो चरणको कार्यक्रम समापन गरेका थिए l

विजय थापा, वाशिंगटन डिसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *