Skip to content

बृहत नेपाली साहित्य सम्मेलन २०१४ तैयारी समिति गठन


चैत्र १८, २०७०
भर्जिनिया
विजय थापा

एएनए नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाको तत्वाबधानमा जुलाई ४- ६ तारिखमा हुने ३२ औ ए एन ए सम्मेलनमा “बृहत नेपाली साहित्य सम्मेलन-२०१४” मूल तैयारी समिति गोबिन्द सिंह रावत (विद्या वारिधि)को संयोजकत्वमा गठन गरिएको छ ।

उक्त साहित्य सम्मेलन डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको टाइसन कर्नरस्थित शेराटन प्रिमियर होटलमा हुने भएकोले संयोजक रावतले सफलताको साथ सम्पन्न गराउन मूल समारोह समिति गठन गरिएको बताएका छन् ।

उक्त सम्मेलनमा हरेक वर्ष झैं यस वर्ष पनि कविता प्रतियोगितामा अत्यधिक धनराशी एक हजार यू एस डलर पुरस्कार को भएको ”अन्तरार्ष्ट्रीय नेपाली कविता महोत्सब-२०१४” सम्पन्न गर्नुको साथै नेपालका बरिष्ठ साहित्यकार तथा कलाकारहरूसंगको अन्तरक्रिया कार्यक्रम र विशेष कवि गोष्ठी कार्यक्रम पनि आयोजना गरिने बताईएको छ ।

“बृहत नेपाली साहित्य सम्मेलन २०१४ तैयारी समिति”मा संयोजक – डा. गोबिन्द रावत, सदश्यहरूमा :बिनोद रोका, न्यु योर्क, नीलम कार्की निहारिका – नर्थ क्यारोलिना, पर्ल रेग्मी, म्यारिल्याण्ड, गगन बिरही, ​न्युयोर्क, गीता पन्थ, ​न्युयोर्क, मणि बांगदेल न्युयोर्क, मनु लोहरूंग राई न्युयोर्क, प्रदीप थापा मगर, ​ न्युजर्जि, सहदेव पौडेल, ​न्युयोर्क, गोबर्धन पूजा, ​बोस्टन, दीपा राई पुन​, ​ बोस्टन, विप्लब प्रतिक, टेक्सास, बिटु केशी बराल, टेक्सास, मीना शाक्य प्रधान, ​फ्लोरिडा, गुणराज लुइँटेल भर्जिनिया तथा दया रत्न शाक्य रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *