विजय थापा, वाशिंगटन डिसी
भाषाबिज्ञ तथा भाषा सम्बन्धी एक सम्मेलनको लागि क्यालिफोर्निया तथा अतिथि वक्ताको रुपमा डिसीमा सहभागी भैसक्नु भएका नारायण प्रसाद शर्मा (विद्या वारिधि) केही समयदेखि अमेरिकाको भ्रमणमा हुनुहुन्छ ।
डा शर्मा हाल अमेरिकाको डिसी महानगर क्षेत्रको भ्रमणमा रहनु भएको समयमा वहासँग डिसी महानगरी क्षेत्रको भर्जिनियामा विजय थापाले लिनु भएको छोटो कुराकानी ।
पर्वतको राम्जा गाउँमा जन्मिएका भाषा बिज्ञ, नारायण प्रसाद शर्मा (विद्या वारिधि)ले कुराकानी गर्ने क्रम बोटबिरुवाको लोप हुँदा पुरै पर्यावरण पद्धतिलाई असर पर्दछ, त्यसै गरी भाषाको लोप हुंदा अन्य भाषा, संस्कृति र संस्कारलाई पनि नकारात्मक असर पर्ने हुन्छ भन्नुभयो । कुराकानीको शिलशिलामा शर्माले नेपालमा १२३ भाषाहरू बोलिन्छन भने सम्पूर्ण युरोपमा बोलिने भाषाका संख्याभन्दा नेपाल भित्र बोलिने भाषाको संख्या ज्यादा रहेको बताउनु भयो ।
त्रिविवि अन्तर्गत भाषा विज्ञान विभागको पहिला विद्यार्थी र अध्ययनपश्चात प्राध्यापक भै काम गरी सक्नुभएको छ । कुराकानीको शिलशिलामा शर्माले जर्मनीको लाईप्जिग विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयले संयुक्तरुपमा सञ्चालन गरेको ‘छिन्ताङ र पुमा भाषा अभिलेखीकरण परियोजना’मा ५ वर्षभन्दा ज्यादा समय काम गरेको बताउनु भयो ।
अन्तर्वार्ताको क्रममा खोटाङका पाँच वटा गाविसका झन्डै ४ हजार जनसङ्ख्याले बोल्ने पुमा भाषामा नै आफूले लण्डन विश्वविद्यालयको स्कुल अफ ओरियन्टल एण्ड अफ्रिकन स्टडिज (एसओएएस)बाट विद्यावारिधि उपाधी हासिल गरेको शर्माले बताउनु भयो । एसियाली मुलुक, जापान, सिंगापुर, युरोप, अमेरिका, जस्ता देशहरूमा कार्यपत्र प्रस्तुत गर्नुको साथै वक्ताका रुपमा पुमा भाषा बारेमा अन्तर्राष्ट्रिय जगतलाई अवगत गराउन प्रयास गरेको बताउनु भयो ।
भाषा बिज्ञ शर्माले ‘थकाली भाषाको उपवाक्यको संरचना’ शिर्षकमा भाषाविज्ञान स्नातोकोत्तर तहमा प्रथम सोधपत्र तथा थकाली भाषाकै नामपद बनोटको विषयमा अंग्रेजी स्नातोकोत्तर तहमा दोष्रो सोधपत्र लेख्नुभएको छ । यसै गरी डा शर्माले गुरुङ–नेपाली–अंग्रेजी शब्दकोष तयार पार्ने काम, अनुवाद, शब्दकोष निर्माण र व्याकरण तयार पार्ने काम पनि गर्नुभएको छ ।
डा शर्माले भन्नु विशेष जोड दिदै आफ्ना भाषा संरक्षण गर्न र यसलाई लोपोन्मुख हुन् नदिन आफ्ना सन्तानलाई अनिवार्य रुपमा बोल्न लगाउनु पर्छ । नत्र भाषा संकटमा पर्ने बताउनु भयो ।
श्रब्य दृश्य (भिडियो)
