Skip to content

अमेरिकामा शकुन्तला ज्ञवालीका ‘पालुवा र मन्जरी’ लोकार्पण

20160203_BijayThapa-News_01


साहित्यकार तथा कवियत्री शकुन्तला ज्ञवालीद्वारा रचिएका कविताहरूको संग्रह “पालुवा र मन्जरी” अमेरिकाको न्युयोर्कमा भव्य कार्यक्रमका बीच लोकार्पण गरियो । लोकार्पित पुस्तकका प्रकाशक समेत रहेका अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यूयोर्क शाखाको आयोजनामा ‘पालुवा र मन्जरी’ लोकार्पण सफलता पूर्वक सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि न्यूयोर्कका महाबाणिज्यदूत नारायण मैनालिरहनु भएको थियो । यसै गरी विशेष अतिथिहरूमा उप-बाणिज्यदूत प्रबिण भट्टराई, वरिष्ठ नाट्यकर्मी तथा प्राज्ञ हरिबहादुर थापा, अनेसास बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष गीता खत्री, साहित्यकार ज्योति पौडेलले बधाई तथा शुभकामना मन्तव्य दिनु भएको थियो ।

यसै गरी अतिथिहरूमा डा.तारा निरौला, डा.विष्णुमाया परियार, संजय थापा, बिनोद रोक्का, पूनम काफ्ले, कमला प्रसाई, लक्ष्मी श्रेष्ठ, धनीराम सापकोटा, पुन्डरी अर्याल, मनु लोहारुङ राई, दिवाकर ज्ञवाली, ज्योतिकुमार श्रेष्ठ, कृष्ण पोख्रेल, गीता पन्थ, कृष्ण बिष्टले विमोचित कृतिका सर्जक शकुन्तला ज्ञवालीलाई बधाई तथा शुभकामना मन्तव्य दिनु भएको थियो ।

न्यूयोर्कका पंचकन्याहरू (सिमरन, दिलाष्मा, सीताष्मा, क्रिष्टल, श्रीनीति)द्वारा नेपाली राष्ट्रगान गाएर शुभारम्भ गरिएको सो कार्यक्रममा विशेष अतिथि बाणिज्यदूत एवं साहित्यकार कृसु क्षेत्रीले कविता संग्रह “पालुवा र मन्जरी” को बारेमा समीक्षा गर्नुभएको थियो ।

पुस्तक लोकार्पणपश्च्यात साहित्यकार तथा कवियत्री शकुन्तला ज्ञवालीले प्रेरणाकी श्रोत रहेकी प्राज्ञ हरिदेवी कोइरालाको गुनलाई जीवन भर नभुल्ने बताइन । र साहित्यको फाँटमा वहाले दिएको मार्ग दर्शन प्रति ज्यादै प्रभावित भएको बताउदै अमेरिका आएको ४-५ वर्ष मै यति गर्न सकेकोमा हर्ष लागेको बताइन ।

मन्तव्य कै क्रममा कवियत्री ज्ञवालीले जन्म दिने बुवा आमा,कर्म दिने बुवा आमाको साथै विशेष पतिलाई कृतज्ञता ज्ञापन गरिन । आफूले जीवनमा ठुलो सम्मान पाएकोले अँझ आफूले निरन्तर कलम चलाउनु पर्ने तथा अँझ जिम्मेबार बढेको अनुभूति भएको बताइन । लोकार्पण” साहित्य कार्यक्रममा ठुलो जमात उपस्थिति भएको देखियो भने सहभागी हुन् आउनेले उभिने स्थान समेत नपाएर फर्कनु परेको थियो ।

लामो समय देखि साहित्य सिर्जनशीलताका बिविध विद्यामा सकृय शकुन ज्ञवालीले अनगिन्ती पुरस्कार र सम्मान प्राप्त गर्नुभएको छ भने एक दर्जन लोकभाका र तीजका गीती एल्बम पनि प्रकाशित भैसकेको छ ।

अनेसास न्यूयोर्क च्याप्टरका अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षतामा संचालन गरिएको सो कार्यक्रम च्याप्टरका निवर्तमान अध्यक्ष विकास बिष्टले उदघोषण गर्नुभएको थियो । उल्लेख्य संख्यामा साहित्यसर्जक, साहित्यप्रेमी, समाजसेवीहरूको उपस्थितिरहेको सो कार्यक्रममा सहभागी महानुभावहरूले “पालुवा र मन्जरी”का सर्जक शकुन्तला ज्ञवालीलाई दोसल्ला, खादा, र पुष्पगुच्छाले सम्मान गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *