केटी :-
तिमी गएको देशमा जून पोखिन्छ कि पोखिन्न, साँहिला
दुई मुटुको मिलनमा धड्कन रोकिन्छ कि रोकिन्न साँहिला
हावा नचली पात हल्लिन्न भन्छन् साँच्ची त्यस्तै हो र
सुन चाँदीमा माया पिरती जोखिन्छ कि जोखिन्न साँहिला ।
केटा :-
जून पोखिएको रात तिमीलाई भेट्नआउँदै छु, साँहिली
जून तारा जिस्किएको गीत गज़ल लेख्न आउँदै छु, साँहिली
रातै फुलेको धाइराको वनमा तिमी हुनेछ्यौ म हुनेछु
चखेवा बनेर शित बिन्दुले प्यास मेट्न आउँदै छु, साँहिली ।