Skip to content

चार मुक्तक (संस्कृतिको नाममा बिकृति)


१)
संस्कृतिको नाममा बिकृतिको क्रम अब छुट्नु पर्छ
समाजको विकासको लागि श्रम अब जुट्नु पर्छ
तिम्रो श्रम शीप र जाँगर नै तिम्रो भगवान हो
पुरातन भगवानको भरोसा गर्ने भ्रम अब टुट्नु पर्छ ।

२)
बन्धनले हिंड डुल गर्न असमर्थ हुन्छ
कहिलेकाहीँ सत्य बोल्दा अनर्थ हुन्छ
स्वतन्त्र चाँदनीले सर्बत्र उज्यालो दिन्थ्यो
पर्दाले ढाकिएकी चाँदनी ब्यर्थ हुन्छ ।

३)
छिप्पिएको बाँस काट्दैमा मुढो हुन्छ र
बाँसको घाँस पकाउँदैमा कुँडो हुन्छ र
दार्ही जुङ्गा र कपाल सेतै फुल्यो भन्दैमा
सौन्दर्य पारखी मन बुढो हुन्छ र ।

४)
विवेकहीन साहशीलाई शुरो भन्न मिल्छ र
मनमा रहरको सुनगाभा फुल्छ भने बुढो भन्न मिल्छ र
सुन्दरता कसलाई प्यारो लाग्दैन र साँहिली
रुपको प्रसंशा गर्दैमा फूँड़ो भन्न मिल्छ र ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *