जुन माटोमा टेके पनि हाम्रो मुटुमा नेपाल छ
हामीले लगाएको टोपीमा सगरमाथा हिमाल छ
स्वदेश छोडी बिदेशिनु हाम्रो रहर होइन
पराई रंगीचंगी हाम्रो मनको शहर होइन
हाम्रो देश नेपालको आफ्नै भाषा भेष छ
हामीलाई प्यारो लाग्ने संस्कृति परिवेश छ
रातो र चन्द्र सूर्य झन्डा हाम्रो निशान छ
जुन धर्तीमा टेके पनि हाम्रो मुटुमा नेपाल छ
सुनाखरी गुराँस फुल्ने भीरपाखा पखेरा छ
हिमाली परीले ऐना हेर्ने हामीसँग ताल छ
अरनिकोको सन्तान हामी हामीसँग कला छ
शान्तिको गीत गाउने हामीसँग गला छ
वीर गोर्खाली पुर्खा हाम्रो विश्वभरि पहिचान छ
सबैलाई मायाँ गर्ने छाती हाम्रो बिशाल छ
जुन माटोमा जन्मे पनि हाम्रो मुटुमा नेपाल छ
हामीले लगाएको टोपीमा सगरमाथा हिमाल छ
