Skip to content

सागर गहिराइको मुगा


सागर गहिराइको मुगा हौ कि नारी तिमी
सुनौलो पिंजडाको सुगा हौ कि नारी तिमी

अत्याचारी असिनाले चुटे पनि मुस्कुराउने
काँडामा फुल्ने फूलको थुङ्गा हौ कि नारी तिमी

ममता र भावनाको भवसागरमा बाटो हराएर
किनारा खोजिरहेको डुङ्गा हौ कि नारी तिमी

लान्छना र आरोपको धुलो मैलो टाँसिएर
धुँदा धुँदै च्यातिएको लुगा हौ कि नारी तिमी

प्रकृतिको अनुपम उपहार कोमलताकी खानी
मूर्ति जस्तै कुँदिएको ढुङ्गा हौ कि नारी तिमी

Leave a Reply

Your email address will not be published. Required fields are marked *