Skip to content

दुई मुक्तक (युग मुक्तक)


तिमीलाई पूज्ने भीडलाई रोक्न बाँध हाल्न सक्दिन म
तिमीलाई भगवान मानेर खुट्टामा छाँद हाल्न सक्दिन म
अन्धविश्वासको भीरबाट गुल्टिने मन छैन मलाई
राम राम त भन्न सकूँला तर काँध हाल्न सक्दिन म

समवेदनाभन्दा अर्को ठुलो मर्म के हुन्छ यो दुनियाँमा
परिश्रमभन्दा अर्को ठुलो कर्म के हुन्छ यो दुनियाँमा
हिन्दू, बौद्ध, इशाई र ईश्लाम आदि त संस्कृति हुन्
मानवताभन्दा अर्को ठुलो धर्म के हुन्छ यो दुनियाँमा ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *