Skip to content

चार मुक्तक (प्राय मेरो मनको मनसँग)


१)
प्राय मेरो मनको मनसँग सम्वाद हुने गर्छ
यो कुनै वाद होइन सम्वाद निर्विवाद हुने गर्छ
गहिरो पीडा छ यो घायल मन भित्र
त्यही पीडा कविता र मुक्तकमा अनुवाद हुने गर्छ ।

२)
जो मरी मेटेर काम गर्छ उही भोको छ
टन्टलापुरे घामले डढेर रुखो सुखो छ
सबैलाई उतिकै सताउँछ पेटको भोकले
किन छटपटीन्छ ऊ जोसँग धनको पोको छ ।

३)
प्रकृतिले मुटु नबनाई दिएको भए चिन्ताले छुँदैन थ्यो
वियोगको बेदना खप्न नसकी यो मन रुँदैन थ्यो
दिन जस्तै रात सिर्जना गर्ने धन्य हो प्रकृति
होइन भने सपनामा पनि उनीसँग भेट हुँदैन थ्यो ।

४)
क्षितिजलाई निशाना ताकेर ताकिन्छ र
फगत संकेत हो भालेको डांको बिहानी डाकेर डाकिन्छ र
क्षणिक आत्मरतिमा रमाउन त सकिएला साथी
सूर्यलाई हत्केलाल ढाकेर ढाकिन्छ र ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *