Skip to content

चार मुक्तक (कोही भन्छन् मुक्तक)


१)
कोही भन्छन् मुक्तक, तमाखु खाने चिलिम भित्रको आगो हो
कोही भन्छन् मुक्तक, आगोको फूल फुल्ने कविताको हाँगो हो
म भन्छु मुक्तक, समयको पहाड माथि कोढ लागेको बेला
एकै सबल प्रहारले कोढ हुत्याउने पानीको छाँगो हो ।

२)
बाउसे भन्ने नै नभए कोदाली कहाँ हुन्थ्यो
ओराली भन्ने नै नभए उकाली कहाँ हुन्थ्यो
अब आफै कल्पना गर्नु होस् त मेरो हजुर
मायाँ गर्ने श्रीमती नै नभए ससुराली कहाँ हुन्थ्यो ।

३)
अगाडि पछाडि भीड हुनेको भारी फुर्ति हुन्छ यहाँ
चोर गुण्डाहरूकै सधैं भरि ईच्छा पूर्ति हुन्छ यहाँ
न्यायको लिलाम बढाबढ हुनुमा के आश्चार्य भयो र
जब कुकुर बिरालाको रोटी लुट्ने बाँदर न्याय मूर्ति हुन्छ यहाँ ।

४)
सुकेर नाङ्गिएको वृक्षको छायाँ कहाँ हुन्छ र
भोक नाङ्गाहरूको भाषा दायाँ बायाँ कहाँ हुन्छ र
अरिंगालको गोलामा हात हाल्न सजिलो होला बरु
सर्बहाराहरूलाई ज्यानको मायाँ कहाँ हुन्छ र ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *