Skip to content

हरि अधिकारी

३५ वर्षपछि भैरव सम्झँदा

श्रेष्ठतम हास्य-व्यङ्ग्य लेखक भैरव अर्यालको चालीस वर्षको अल्पवयमै काठमाडौं गोकर्ण नजिक वागमती नदीको पत्थरिलो खोंचमा फाल हालेर आत्महत्या गरेको खबर साहित्यका आम पाठकहरूले मात्र होइन, आत्महन्ता व्यंग्यलेखकका घनिष्ट साथीभाइहरूले समेत केही समयपछि मात्र पाए ।

सफलताको कथा

प्राध्यापक डाक्टर लोकराज बरालको आत्मवृत्तान्तको पुस्तक रोमाञ्चित जीवनलाई अर्का प्राज्ञिक व्यक्तित्व नरहरि आचार्यले ‘निजी कथालाई डोरो बनाएर गत सात दशकभित्र नेपालले तय गरेको राजनीतिक यात्राको वृत्तान्त’ भनेका छन्। तर आचार्यको यस भनाइलाई बरालको पुस्तकले पूर्ण रूपमा पुष्टि गर्दैन्।

अलग शैलीका अलग कविता

  • by

लामै समय कविता र कथादिका माध्यमबाट साहित्यको आराधाना गर्दै आएका धराने स्रष्टा चन्द्र घिमिरेको हालसालै प्रकाशनमा आएको कविता संग्रह हो, डन्ट टच मी ओ कविताहरू ! पुस्तक नामबाटै अलग देखिन्छ ।

आफैँतिर फर्किरहेको मानिसको कविता

  • by

विक्रम सम्वत् २०५७ मा छापिएको रमेश क्षितिजको पहिलो कवितासंग्रहले नै आमपाठक र साहित्यका गम्भीर अध्येता दुवैथरीको ध्यानाकृष्ट गरेको थियो ।

ससाना रोचक निबन्धहरू

  • by

प्रतिभाशाली युवाकविका रूपमा पहिचान बनाइसकेका टंक उप्रेतीको निबन्धसंग्रह खण्डित सपनाको गीत प्रतिष्ठित प्रकाशन गृह रत्न पुस्तक भण्डारबाट प्रकाशित भएको छ ।

स-साना पृथक् धारका रचना

  • by

मुक्तछन्द लामा-कविताको क्षेत्रमा नाम कमाइसकेकी स्रष्टा तोया गुरुङ यसपटक एउटा गद्य-रचनासंग्रह लिएर पाठकका बीच आएकी छन् ।

बहुचर्चित लेखहरूको संग्रह

  • by

देवताको कोटीमा पुगिसकेका देवकोटाको जीवन देवताको झैँ थियो- संघर्षमय जीवन, व्यथैव्यथाका ती मार्मिक वर्षहरू अनि सन्तोषको त्यो अन्तिम क्षण आर्यघाटको किनारमा।

आत्मकेन्द्रित कृति

  • by

आफ्नो कुलनाम अथवा थर कहिल्यै नलेख्ने नगेन्द्र शर्मा हालसालै अनुस्मरण शीर्षक राखिएको संस्मरणात्मक निबन्धहरूको संग्रह लिएर पाठकसँग साक्षात्कार गर्न आइपुगेका छन् ।

केही कमजोर र केही दह्रा निबन्धहरू

  • by

साहित्यकार खगेन्द्र संग्रौला आफ्नो विशिष्ट शैली, भाषालाई रोचक ढंगले खेलाउने कला अनि दिल र दिमागमा जमठ भएर बसेका केही कठोर आग्रहका कारण अरू हजारौँ नेपाली लेखकका भीडमा पनि सर्लक्कै चिनिने अग्ला कदका सर्जक हुन्।

एक सार्थक जीवनकहानी

  • by

चर्चित महिला अधिकारवादी, अभियानकर्ता, समाजशास्त्री एवं पत्रकार मञ्जु थापाले आफ्नी आमा ईश्वरादेवीको जीवनी जीवन संघर्षका पलहरू लेख्नुको आवश्यकता र औचित्यलाई यी शब्दहरूमा स्थापित गर्न खोजेकी छन्, “महिलाहरूको जीवनीलेखन मूलत: तीनवटा कारणले महत्त्वपूर्ण छ। पहिलो, कुनै अमुक महिलाले भोगेको जीवनले तत्कालीन समाज, त्यहाँका आममहिलाहरूको अवस्था र त्यस समाजसँग महिलाहरूको सम्बन्ध बुझ्न मद्दत गर्छ। दोस्रो, ती अमुक महिलाले खास समयमा गरेको विशिष्ट योगदान छ भने त्यसको अभिलेखीकरण हुन्छ र तेस्रो, ती महिलाका पीडा, संघर्ष र उपलब्धिहरूबाट पछिल्लो पुस्ताले प्रेरणा पाउन सक्छन्।”

मौन साधकका प्रबन्ध रचना

  • by

राजधानीको साधनसम्पन्न वातावरणबाट धेरै टाढा गण्डकी अञ्चल स्याङ्जाको एउटा सानो गाउँमा बसेर पनि बीसौँ वर्षदेखि अनवरत साहित्यको आराधना गरिरहेका मौन साधक हुन्- देवीप्रसाद वनबासी।

मधुपर्कसित गाँसिएका सम्झनाहरू

  • by

साहित्यिक मासिक पत्रिका मधुपर्कसित मेरा मधुरतम् सम्झना गाँसिएका छन् । मेरो साहित्य – लेखन र मधुपर्कको प्रकाशन लगभग एकै समय, एक वर्षको फरकमा प्रारम्भ भएको सुखद संयोग पनि यस प्रसङ्गमा उल्लेखनीय छ । विक्रम संवत् २०२५ सालमा गोरखापत्र संस्थानबाट साहित्यिक पत्रिकाका रूपमा त्यस मासिकको प्रकाशन शुभाम्भ हुनुभन्दा अगाडि नै मेरा केही रचना ज्योत्स्ना, रूपरेखा, गोरखापत्र आदि पत्र-पत्रिकामा छापिइसकेका भए पनि आम र खास, दुबैखाले पाठकका नजरमा पढ्ने किसिमका कथा र कविता छापिदिएर मलाई साहित्य -साधनामा लगातार लागिरहन उत्प्रेरित गरेको चाहिँ मधुपर्कले नै हो ।

थप परिष्कारको अपेक्षा गर्ने कथाहरू

  • by

साहित्यका सबैजसो प्रमुख विधाहरूमा समानरूपले कलम चलाउँदै आएका उत्साही लेखक गोविन्द गिरी ‘प्रेरणा’ को नवीनतम् कथासङ्ग्रह ‘घोराही शून्य किलोमिटर’ मा समसामयिक विषयवस्तुमा केन्द्रित भई लेखिएको २० वटा कथा सङ्कलित छन् ।

सम्भावनाको ढोका खोल्ने उपन्यास

  • by

युवाकवि बुद्धिसागरको उपन्यास कर्नाली ब्लुजको प्रकाशनलाई नेपाली साहित्यको संसारमा यसवर्ष भएको एउटा महत्त्वपूर्ण घटनाका रूपमा लिन सकिन्छ । उपन्यासमा केही उल्लेख्य घटना छन्, जसले यस कृतिलाई पठनीय र मननयोग्य बनाएका छन् । गत वर्ष उर्गेनको घोडा लिएर आएका र चर्चा र प्रशंसा दुवै बटुल्न सफल भएका वामपन्थी लेखक युग पाठकझैँ बुद्धिसागर पनि आख्यानको क्षेत्रमा पहिलोपल्ट हात हालेका स्रष्टा हुन् । तर, पहिलो कृतिबाट नै उनले ठूलो सम्भावनाको ढोका खोलेका छन् ।

आञ्चलिक उत्खनन्को आख्यान

  • by

यस वर्ष नेपाली साहित्यको आख्यान विधामा आन्विका गिरी, किरण रिमाल र अमर न्यौपानेजस्ता आसलाग्दा नामले प्रवेश गरेका छन् । यी नवोदित प्रतिभाहरूको लेखनीमा आत्मविश्वास, भाषालाई खेलाउन जान्ने सीप र जीवन र जगत्लाई हेर्ने-बुझ्ने सूक्ष्म अन्तदृष्टि प्रचुर मात्रामा देखिएको छ, जसको प्रशंसा हुनुपर्दछ ।

स्तरीय कथाहरूको संकलन

  • by

पाखाको जस्तो अनौठो तर अनाकर्षक नाम दिइएको कथासंग्रहका लेखक बाबुराम लामिछाने (जन्म विसं २००९) समसामयिक नेपाली कथाकारहरूमध्ये तुलनात्मक रूपमा कम चर्चित र समीक्षकहरूको दृष्टिबाट प्रायशः ओझेल परेका कथाकार हुन् । भित्री मधेसमा जन्मिएका र सरकारी कर्मचारीका हैसियतले जीवनको अधिकांश समय राजधानीबाहिर बिताएका लामिछानेले साहित्यसेवालाई मौन साधनाका रूपमा लिएको देखिन्छ ।

प्रेमको पहिलो स्वाद

  • by

तिम्रो उत्तप्त निधारमा
मैले मेरो चिसो ओठलाई बिसाएँ
तिमी अलिकति चल्मलायौ
तिम्रा आँखाको ढकनीलाई
मैले विस्तारै बन्द गरिदिएँ

नेपाली उपन्यासमा नवीन प्रयोग

  • by

आफ्नो लेखनमा नयाँनयाँ प्रयोग गर्न रुचाउने मोहनराज शर्माले रचेको उपन्यास सलिजो कथावस्तुका दृष्टिले नौलो त छँदैछ, कथा कहने शैली र यसमा प्रयुक्त स्वैरकल्पनाको प्रचुरताका कारण पनि अनौठो बन्न पुगेको छ । झन्डै ५० वर्षपहिलेदेखि साहित्यको अनवरत साधना गर्दै आएका मोहनराज जीवन र जगत्लाई गहिरो अन्तरदृष्टिका साथ पर्गेलेर क्लासिक्सको कोटीमा राख्न मिल्ने कालजयी कृतिको सिर्जना गर्ने कु श्रेणीका लेखक होइनन् ।

सिउँडीको जंगल

  • by

आकाशको नीलो चँदुवामा टाँगिएका
एक मुट्ठी निस्तेज ताराहरूसँग
म के बात मारुँ ?
चीसो शीतमा निथ्रुक्क भिजेको
अधमरो बताससँग
म कसरी अभिसार गरुँ ?