हरि अधिकारी
एक सार्थक जीवनकहानी
चर्चित महिला अधिकारवादी, अभियानकर्ता, समाजशास्त्री एवं पत्रकार मञ्जु थापाले आफ्नी आमा ईश्वरादेवीको जीवनी जीवन संघर्षका पलहरू लेख्नुको आवश्यकता र औचित्यलाई यी शब्दहरूमा स्थापित गर्न खोजेकी छन्, “महिलाहरूको जीवनीलेखन मूलत: तीनवटा कारणले महत्त्वपूर्ण छ। पहिलो, कुनै अमुक महिलाले भोगेको जीवनले तत्कालीन समाज, त्यहाँका आममहिलाहरूको अवस्था र त्यस समाजसँग महिलाहरूको सम्बन्ध बुझ्न मद्दत गर्छ। दोस्रो, ती अमुक महिलाले खास समयमा गरेको विशिष्ट योगदान छ भने त्यसको अभिलेखीकरण हुन्छ र तेस्रो, ती महिलाका पीडा, संघर्ष र उपलब्धिहरूबाट पछिल्लो पुस्ताले प्रेरणा पाउन सक्छन्।”
मधुपर्कसित गाँसिएका सम्झनाहरू
साहित्यिक मासिक पत्रिका मधुपर्कसित मेरा मधुरतम् सम्झना गाँसिएका छन् । मेरो साहित्य – लेखन र मधुपर्कको प्रकाशन लगभग एकै समय, एक वर्षको फरकमा प्रारम्भ भएको सुखद संयोग पनि यस प्रसङ्गमा उल्लेखनीय छ । विक्रम संवत् २०२५ सालमा गोरखापत्र संस्थानबाट साहित्यिक पत्रिकाका रूपमा त्यस मासिकको प्रकाशन शुभाम्भ हुनुभन्दा अगाडि नै मेरा केही रचना ज्योत्स्ना, रूपरेखा, गोरखापत्र आदि पत्र-पत्रिकामा छापिइसकेका भए पनि आम र खास, दुबैखाले पाठकका नजरमा पढ्ने किसिमका कथा र कविता छापिदिएर मलाई साहित्य -साधनामा लगातार लागिरहन उत्प्रेरित गरेको चाहिँ मधुपर्कले नै हो ।
सम्भावनाको ढोका खोल्ने उपन्यास
युवाकवि बुद्धिसागरको उपन्यास कर्नाली ब्लुजको प्रकाशनलाई नेपाली साहित्यको संसारमा यसवर्ष भएको एउटा महत्त्वपूर्ण घटनाका रूपमा लिन सकिन्छ । उपन्यासमा केही उल्लेख्य घटना छन्, जसले यस कृतिलाई पठनीय र मननयोग्य बनाएका छन् । गत वर्ष उर्गेनको घोडा लिएर आएका र चर्चा र प्रशंसा दुवै बटुल्न सफल भएका वामपन्थी लेखक युग पाठकझैँ बुद्धिसागर पनि आख्यानको क्षेत्रमा पहिलोपल्ट हात हालेका स्रष्टा हुन् । तर, पहिलो कृतिबाट नै उनले ठूलो सम्भावनाको ढोका खोलेका छन् ।
स्तरीय कथाहरूको संकलन
पाखाको जस्तो अनौठो तर अनाकर्षक नाम दिइएको कथासंग्रहका लेखक बाबुराम लामिछाने (जन्म विसं २००९) समसामयिक नेपाली कथाकारहरूमध्ये तुलनात्मक रूपमा कम चर्चित र समीक्षकहरूको दृष्टिबाट प्रायशः ओझेल परेका कथाकार हुन् । भित्री मधेसमा जन्मिएका र सरकारी कर्मचारीका हैसियतले जीवनको अधिकांश समय राजधानीबाहिर बिताएका लामिछानेले साहित्यसेवालाई मौन साधनाका रूपमा लिएको देखिन्छ ।
नेपाली उपन्यासमा नवीन प्रयोग
आफ्नो लेखनमा नयाँनयाँ प्रयोग गर्न रुचाउने मोहनराज शर्माले रचेको उपन्यास सलिजो कथावस्तुका दृष्टिले नौलो त छँदैछ, कथा कहने शैली र यसमा प्रयुक्त स्वैरकल्पनाको प्रचुरताका कारण पनि अनौठो बन्न पुगेको छ । झन्डै ५० वर्षपहिलेदेखि साहित्यको अनवरत साधना गर्दै आएका मोहनराज जीवन र जगत्लाई गहिरो अन्तरदृष्टिका साथ पर्गेलेर क्लासिक्सको कोटीमा राख्न मिल्ने कालजयी कृतिको सिर्जना गर्ने कु श्रेणीका लेखक होइनन् ।
