Skip to content

तोयानाथ पौडेल

मरी रहेछू

कान्छो स्मार्ट फोन माग्छ
बैनी लाई ल्याप्टप चाहियो रे
बुढी ‘सुनको भाउ घट्यो’ भन्छे
बुवा लाई नि साईको फाईभ चाहियो
आमा लाई हल्याण्ड को लुङी लाउने रहर छ
एउटा म
म हुनुको अस्तित्व खोजेर आफै भित्र
समयको भतुवा बसेको छु
मारेर असिमित चाहाना लाई
अरपे को ट्याग झुण्डाएर छातिमा
रहर को बलत्कार गरी रहेछु
पल पल म मरी रहेछु
००००००००००००००००००
एक जमना थियो जती बेला
यि बिज्ञान का आबिस्कार भएका थिएनन्
पारी गाँउ का लाई हुईईईईइ गरेर बोलाउदा नि हुन्थ्यो
अहिले एउटै टेबल मा बसेका मेर साथी लाई
म सँग बोल्ने फुर्सद छैन
“खाना खाने हैन ?”
म्यासेज बक्स मा सुचना आउछ
“खाने अब ‘ म उत्तर दिन्छु

अनकन्टार अफ्ट्यारा सहेको छु हाँसी हाँसि

अनकन्टार अफ्ट्यारा सहेको छु हाँसी हाँसि
कति पटक पागल सरि भएको छु हाँसी हाँसि

रहर त कस्लाई होला गुलाम भई बाँच्ने
पिडा लुकाएर छाती भरी रहेको छु हाँसी हाँसि

तोयानाथ पौडेल
सँखुवासभा-तामाफोक ८
हाल मरुभूमि को छाती साउदी अरब

के माग्छौ परिचय, वेघर दुखी सँग

के माग्छौ परिचय, वेघर दुखी सँग
के काट्न सकौलि र , सफर दुखी सँग

अतृप्त इच्छा होलान तिम्रो मन भरि
किन्ने धन् नहोला नि , जहर दुखी सँग

के कुराको अपेक्ष्या छ त्यो थाह छैन
केवल पाउने छौ , थर दुखी सँग

आँसुले भिजेको छ पल्ला सिरानीको
के सोध्छौ नयाँ नयाँ, खबर दुखी सँग

तोयानाथ पौडेल
सँखुवासभा-तामाफोक ८
हाल मरुभूमि को छाती साउदी अरब

गरिब भई जन्मनु अभिशाप होईन

गरिब भई जन्मनु अभिशाप होईन
क्षणिक सुख पाउनु फलिफाप होईन

मगज तिम्रो ठिक छैन इलाज गराउ
हवन ,पुजा आहुती रुद्री जाप होईन

युरोप जाने जतिचैं सबै बुद्दिजिबी र
अरब जाने प्रबसी औंठाछाप होईन

थोरै सुख पाए पनि खुशी हुन्छु म त
अमिर जस्तो सम्पती खापैखाप होईन

आगमन, भए झैं लाग्छ झझल्को
बहिर गई हेर्द्छु पदचाप होईन

तोयानाथ पौडेल
सँखुवासभा-तामाफोक ८
हाल मरुभूमि को छाती साउदी अरब

यो पापि पेट सकिन भर्न भोक ले मर्दैछु

यो पापि पेट सकिन भर्न भोक ले मर्दैछु
दुखको खोला सकिन तर्न शोक ले मर्दैछु

गरिब हुनु के मेरो दोश हुदैन भरि पेट्
रोएर सारै बिलौना गर्दै रोग ले मर्दैछु

तोयानाथ पौडेल
सँखुवासभा-तामाफोक ८
हाल मरुभूमि को छाती साउदी अरब

जिन्दगी का कोशी हरु तर्न पनि सकिएन

जिन्दगी का कोशी हरु तर्न पनि सकिएन
खुशी पार्न अरु लाई मर्न पनि सकिएन

बिझाउँदा पिडा हरु ठोकिएर पहाडमा
हिऊँ जस्तै मन मजै झर्न पनि सकिएन

चोटै चोट दिए पनि बँच्नै पर्ने सँसारमा
हारेँ भन्दै आत्म हत्या गर्न पनि सकिएन

आज जौँला भोली जौँला बर्ष कती बितेकाछन्
लालच को झोलि कैले भर्न पनि सकिएन

तेसै बित्यो आधा जिबन दास भई पर्देशमा
परिवार मा हाँसो खुसी छर्न पनि सकिएन

तोयानाथ पौडेल
सँखुवासभा-तामाफोक -८
हाल मरुभुमि को छाती बाट

बिलखबन्दन त्राशदी र भय मा चली रा’छ जिबन

बिलखबन्दन त्राशदी र भय मा चली रा’छ जिबन
आफ्नो भन्दा अर्काकै निर्णय मा चली रा’छ जिबन

जती पाउ मोले पनि खुशी नहुने मालिक हरु
हाँस्दै घोच्ने उल्टो आसय मा चली रा’छ जिबन

समय लाई स्विकार्नु बाध्यता हो मेरो
उस्तै नाच्छु जस्तो लय मा चली रा’छ जिबन

मुख मा राम राम बगली मा छुरा राखि
सामुन्ने हुँदा जय जय मा चली रा’छ जिबन

कस्ले भन्छ खुशी छ तोया पर्देश मा
भबिस्यको खुशी संचय मा चली रा’छ जिबन

तोयानाथ पौडेल
शँखुवसभा तामाफोक -८
हाल्- मरुभुमी को छाती साउदी अरब बाट

कोही हुदैन अजम्बरी

आर्तनाद गुञ्जनले पहरा थर्काएर
सिकारी
निस्पट्ट लाइ चिर्दै झरेको कालिज समाँउछ ।
भल्भल्ति बगेको तातो रगत मन्साएर
बनदेबी लाइ काँचो पात मा ,
बिरता बोकेर क्रुर छाति भित्र
मासुभात को कोरा कल्पना ,
उ अनबिज्ञ छ काल सँग,
हातको भरुवा लाई सक्ती मान्छ
आहाराश्रीङ्खला उसलाई थाहा छैन

बिहानै खैला बैला मचिन्छ टोल तिर
“सिकारीको सिकार ”
“आधा शरिर मात्र भेटियो”
आजको ताजा खबर…..
हस्याङ् फस्याङ् दौडिन्छन गाँउले हरु
नजिकै बसेको पाटेबाघले
लास छुन दिदैन
फेरी पछि रात भयो
चलि रहेछ समय क्रम
न कालिज मर्न छोडे न
बाघ भोको छ

तोयानाथ पौडेल
मरुभूमिको छाती बाट…

जिबन यात्रा..

निस्लोट प्रतोलिको छातिमा
अमावश्य काल रात्री
बिचारका झारमौरा फ्याँकेर समय
१२० को गती मा दौडी रहेछ,
आसपास का बाटे मैनबत्ति को
धिमा रोशनि मलाई कम लाग्छ
जलाएर मन को आँखा
प….र सम्म हेर्न खोज्छु,
आपसोच अदृस्य भएका छन
बाटा हरु, गन्तब्य शुन्य शुन्य छ
बालुवा का आँधी हरु ले नेत्र बिहिन
झैँ महसुस हुन्छ,

ठिक त्यस्तै
समय को गती उस्तै , जिन्दगि छोटिएको पत्तो नहुने
आवस्कता पहाड र आम्दामी तिल,
यो खाडल
न तिल पहाड हुन्छ न पहाड नै तिल
मानिश यो खाडल पुर्न भरमग्दुर लागि रहेछ
एउटा अधुरो सपना
एउटा अपुर्ण जिन्दगी सँधै भरी

तोयानाथ पौडेल
सँखुवासभा-तामाफोक ८

जुन जोगी आए नि नारा उस्तै उस्तै

जुन जोगी आए नि नारा उस्तै उस्तै
नकदले, चुट्के, पारा उस्तै उस्तै

भालुलाई पुराण सुनाउनु को के अर्थ
पछाडि फर्केर हेर्दा दारा उस्तै उस्तै

हिमालबाट बग्ने त्यो खोली हेर्न आउछु आमा

हिमालबाट बग्ने त्यो खोली हेर्न आउछु आमा
धेरै भयो नखेलेको होली हेर्न आउछु आमा
फाट्यो होला चौबन्दी धेरै भयो नफेरेको
यो दशैंमा पुरानो चोली हेर्न आउछु आमा

मोटर गयो गाउँ गाउँ

मोटर गयो गाउँ गाउँ घसेरीलाई चटारै छ
टेबुल बने कुर्सी बने मझेरीलाई चटारै छ

पुर्णिमा त घुम्दै घुम्दै पन्ध्र दिनमा आँउछ्
हजार जुन्किरी माझ अधेरीलाई चटारै छ

बाहिर हाँस्दै भित्र भित्रै फाटेर बाँच्ने

बाहिर हाँस्दै भित्र भित्रै फाटेर बाँच्ने पो बाँच्ने
दुख आँसु लुकाई खुशी साँटेर बाँच्ने पो बाँच्ने
आफ्नो घरमा त को बसेको छैन र यहाँ ?
हामी झैं परदेशमा समय काटेर बाँच्ने पो बाँच्ने

डन्डी बियो खेलिरा’छु

लक्ष्मीपूजा गरिरा’छु दियो बिनाको
डन्डी बियो खेलिरा’छु बियो बिनाको

मन फाटेर धुजा धुजा चाल्नै सारी छ्
टाल्दै छु म तुन्दै छु म सियो बिनाको