Skip to content

कोही हुदैन अजम्बरी

आर्तनाद गुञ्जनले पहरा थर्काएर
सिकारी
निस्पट्ट लाइ चिर्दै झरेको कालिज समाँउछ ।
भल्भल्ति बगेको तातो रगत मन्साएर
बनदेबी लाइ काँचो पात मा ,
बिरता बोकेर क्रुर छाति भित्र
मासुभात को कोरा कल्पना ,
उ अनबिज्ञ छ काल सँग,
हातको भरुवा लाई सक्ती मान्छ
आहाराश्रीङ्खला उसलाई थाहा छैन

बिहानै खैला बैला मचिन्छ टोल तिर
“सिकारीको सिकार ”
“आधा शरिर मात्र भेटियो”
आजको ताजा खबर…..
हस्याङ् फस्याङ् दौडिन्छन गाँउले हरु
नजिकै बसेको पाटेबाघले
लास छुन दिदैन
फेरी पछि रात भयो
चलि रहेछ समय क्रम
न कालिज मर्न छोडे न
बाघ भोको छ

तोयानाथ पौडेल
मरुभूमिको छाती बाट…

Leave a Reply

Your email address will not be published. Required fields are marked *