झुटा लाग्छन सारा ईतिहास
कहिल्यै थाकिदैन
कहिल्यै झिँजो लााग्दैन
सुनेर पुर्खाको सहास
तर अचेल झुटा लाग्छन सारा इतिहास
ठमेलको साँघुरो सडकमा
किच्च दाँत देखाएर
बिदेशी सँग मागिरहेछ उसको देशको भिजा
सिन्को भाँच्दैन देशमा तर
भाँडै माझ्छु भन्छ उता गएर !
यता उ जन्मेको झुपडी गन्हाउछ
उता गएर सडकमै बस्छन बास
उ एउटा बलभद्रको नाती रे
त्यसैले झुटा लाग्छन सारा ईतिहास
भक्ती थापाका झनाती हरु
कुप्राउको बीर जिन दौडाउदै रगत मा
तँछाड मछाड गर्छन देश बेची खान
के उनीहरु ईतिहास पढ्दैनन् ?
पढ्छन भने किन जोत्छन मुन्टो
बिदेशी सामु
रहुन्जेल अन्तिम सास
मलाइ झुटा लाग्छन सारा ईतिहास

बाउ सन्तानकै लागि कमाउँछ र थुपार्छ