तोयानाथ पौडेल

झुटा लाग्छन सारा ईतिहास

कहिल्यै थाकिदैन
कहिल्यै झिँजो लााग्दैन
सुनेर पुर्खाको सहास
तर अचेल झुटा लाग्छन सारा इतिहास

ठमेलको साँघुरो सडकमा
किच्च दाँत देखाएर
बिदेशी सँग मागिरहेछ उसको देशको भिजा
सिन्को भाँच्दैन देशमा तर
भाँडै माझ्छु भन्छ उता गएर !
यता उ जन्मेको झुपडी गन्हाउछ
उता गएर सडकमै बस्छन बास
उ एउटा बलभद्रको नाती रे
त्यसैले झुटा लाग्छन सारा ईतिहास

भक्ती थापाका झनाती हरु
कुप्राउको बीर जिन दौडाउदै रगत मा
तँछाड मछाड गर्छन देश बेची खान
के उनीहरु ईतिहास पढ्दैनन् ?
पढ्छन भने किन जोत्छन मुन्टो
बिदेशी सामु
रहुन्जेल अन्तिम सास
मलाइ झुटा लाग्छन सारा ईतिहास

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेता

भोटर सडक मै छ नेता बहान मा भेटिन्छन्
गरिब शितले मर्छ नेता मकान मा भेटिन्छन्


को कति पानी माथी छ न्याय ले छुट्याउदैन
काला कोट धारी आ-आफ्नै अडान मा भेटिन्छन्


भो भेटिँदैन मानबता नखोज्नुस मान्छे भित्र
बरु खोजे धेरै गुण त मसान मा भेटीन्छन्


उ घरबाटै निर्देश दिन्छ सडक बन्द, बजार बन्द
ओठ निचोर्दा दुध आउने, मैदान मा भेटिन्छन


यहाँ मेहनत को अर्थ अर्कै लाग्न थालेको छ ,
जो काम गर्दैन नोट उस्कै सिरान मा भेटिन्छन्

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

…सरकार कुरा दोचार्छ

बाउ सन्तानकै लागि कमाउँछ र थुपार्छ
छोरो बढेर ठुलो भई घर बाहिर लघार्छ

अरे कता जाँदैछ हो साथी यो हाम्रो समाज
माथि चढेपछि पिँढी सिढीलाई दुत्कार्छ

अचेल समय फेरियो पोथी परदेश जान्छन
भाले अण्डा काढ्छ र प्यारले आफै ओथार्छ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

के यो मायाँ हो ?

आज पनि कलेज जान झण्डै ढिला भै सकेछ । गर्मि महिना रहुन्जेल कहिले जाडो आउला भन्दै पर्खियो , जाडो आएपछी कहिले गर्मी आउला भन्दै कुर्नु पर्छ । यो चिसो बिहान को निद्रा त झन कती गहिरो हो बा.. ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मेरो गोरु को बार्है टक्का

कागजकै खोस्टो होस एकै थान चाहियो भन्यौँ ।
अरु सबै थाती राखेस संविधान चाहियो भन्यौँ ।

आए पछि दस्ताबेज सबै आयौँ औकातमा
कसैलाई हक कसैलाई पहिचान चाहियो भन्यौँ ।

आफ्नै भाइ मार्न खोज्दा मरेका थे’अपराधी
तिन्कै लागि पनि सरकार ! लाखौं दान चाहियो भन्यौँ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पानी लगाउथेँ खेतमा

पानी लगाउथेँ खेतमा कुलो सोझ्याएर
मुसो छिर्थ्यो कसै गरि दुलो सोझ्याएर

पुरानो घर थियो औधी धुवा हुने हेर
वल्ल ढुक्क भएको छ चुलो सोझ्याएर

पहिले काँ थ्यो र यार सलाइ न लाइटर
आगो बाल्थिम चकमकले झुलो सोझ्याएर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एउटा अनौठो कथा

यात्रा आरम्भदेखि नै भत्कोस लागेको थियो । धरान बसपार्कमा अहिले जस्तो सिसी क्यामेरा थिएन र प्रहरीहरू अहिले जस्तो सकृय थिएनन् । पहाडबाट आएको गाडी देख्ना साथ ट्यापे, जगल्टेहरूले यात्रुलाई बोकेरै लगेर काठमान्डौ जाने गाडीमा कोचौँला जस्तो गर्थे । तानातानबिचमा मरेर साई यातायातको टिकट काटियो . निकै बार्गेनीङ गरेर ४ नम्बर सिटको टिकट पाईयो । गाडी चढ्न जाँदा पो थाहा भयो क, ख, ग, घ अनि अ, आ, ई, ई पछि मात्र १-२-३ नम्बर सिट प्लानिङ रहेछ । अथवा भनौ म गाडीको पछाडिको सिटमा परेँ । काठमान्डौ नगई नभएको थियो ‘मरोस’ भन्दै सिटमा गएर बसेँ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

समय चक्र –

”छक्का……”
लालिगुराँश होटल को दोस्रो तल्लामा छक्का भनेको आवाज तल भुइसम्म सुनिदै छ !
‘यि थरी बालाई जुवा खेल्न तिहार आउनु परेन, फेरि कहिल्यै हार्दैनन बुडा बरदान नै पाएका छन जुवामा ‘
सन्तोशले मतिर हेर्दै भन्यो,
‘पैसावालाले खेल्छन नि चुपो लागेर समोसा खा न’ मैले सुझाएँ
खाल उठेछ बुढा र अरु चार पाँच जना खुत्रुक खुत्रुक भर्याङबाट ओर्लिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मेरो गाउँ

खर्पन राखेर मालिँङ्गे भुने मा
र झुण्डाएर नौनीको हर्पे
बिर्खे टोपी लााएका काँल्दाई
जब हाक्पारे गाउछन
सँझनुस त्यो मेरो गाँउ हो !
हँसिया सिउरेर कम्मर मा
ला..मो बरियो भएको नाम्लो
र पुवालो को माला लगाई घाँटिमा
लाज ढाक्न धौ धौ टाला बेरेर
एकहुल घसेरी आमा हरु तेर्सिए भने
मुलबाटो बाट
सँझनुस त्यो मेरो गाँउ हो
मदनको ख्याली गाउदै
केहि बैसालू मुना हरु
खाङ्रे बोकेर माघे ठिही मा
पत्कर बटुल्दै हुनेछन
हातमा पत्कर
मुखमा ख्याली
मन मा परदेशी मदन
ओठमा हाँसो र आँखा मा ओस देख्नु भयो भने
सँझनुस त्यो मेरो गाँउ हो
चर्चरी फुटेका पैताला घिस्याउदै खालिखुट्टा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

न लक्ष भेटियो न पुगियो किनारा

न लक्ष भेटियो न पुगियो किनारा
न रहर जानियो न बुझियो इसारा
र मारेर रहर यो बिरानो भूमिमा
न पाईयो केही बस् गरियो गुजारा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मेरो डायरी को पुर्ण रुप

क्याम्पसबाट निस्किनासाथ उकालो बाटो । बिहानको कलेज सकेर निस्कदा उसै त भोकले लखतरान भइन्छ त्यहा माथि जेस्ठको दिन । धनकुटामा माटो नै बल्ला झै घाम लागेको छ । एउटा झोलामा केही किताब र कपि छन म सधै झै हतार हतार गेट बाहिर निस्किएर हाईवे क्रस गर्छु र सिँढी चढ्न थाल्छु।

बिचतिर पुग्दा एक कलेज ड्रेस लाएकी केटी बसिरहेकी हुन्छिन । म अचम्ममा पर्छु त्यो साँघुरो गल्लीमा उनी किन बसेकी होलिन मनमा प्रश्न उब्जिन्छ । मैले सोधेँ के भयो मिस किन बिच बाटोमा बस्नुभयो ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

डायरीबाट

क्याम्पसबाट निस्किनासाथ उकालो बाटो । बिहानको कलेज सकेर निस्कदा उसै त भोकले लखतरान भइन्छ त्यहा माथि जेस्ठको दिन । धनकुटामा माटो नै बल्ला झै घाम लागेको छ । एउटा झोलामा केही किताब र कपि छन म सधै झै हतार हतार गेट बाहिर निस्किएर हाईवे क्रस गर्छु र सिँढी चढ्न थाल्छु।

बिचतिर पुग्दा एक कलेज ड्रेस लाएकी केटी बसिरहेकी हुन्छिन । म अचम्ममा पर्छु त्यो साँघुरो गल्लीमा उनी किन बसेकी होलिन मनमा प्रश्न उब्जिन्छ । मैले सोधेँ के भयो मिस किन बिच बाटोमा बस्नुभयो ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गर्व सँग भन्न पाँउ- फुकाएर मेरो छाती

गर्व सँग भन्न पाँउ- फुकाएर मेरो छाती
स्वदेशमै काम गर्छन- हेर मेरा छोरा नाती

सभ्य हुन्छ हाम्रो गाउँ- कोही हुन्न दुराचारी
सातै गाउँ भेटिँदैनन्- कुरा काट्ने खुरापाती

हत्या ,हिँसा, बलत्कारी,- चोर,डाका,ठग हरु
सुनिदैन कहीँ कतै- हाम्रो नेपाल् कती जाती

सबै युवा काम गर्छन्-कोही छैन बेरोज्गारी
मातीएर हिड्दैन क्वै-हल्ला गर्दै राती राती

देश हाम्रो बगैचा हो- हाँसी हाँसी बाँच्न सिकौँ
हामी फूल बगैचाका- लह लह नाना भाती
.
तोयानाथ पौडेल
सँखुवासभा
हाल -मरुभुमीको छातीबाट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नैतिकता

सिल्पट भए सिद्धान्त खोक्रा छन नैतिकता
पैसासँगै ढुन्मुनिने कोक्रा छन नैतिकता

भित्र भित्रै ध्वान्द्रो पर्यो हेर्दा सर्लक्क छ
कति दिन टीकाँउछौ बोक्रा छन नैतिकता

बलत्कारी सीमापारि आफै भगाउछौ अनि
छारो हाल्न धोक्राका धोक्रा छन नैतिकता

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दोस्रो दर्जाको नागरिक म

मैले कहिल्यै जस पाइन
तराई झरेँ धोती भएँ
पहाड गएँ पाखे भएँ
नेपाली भनेर कसैले भनेनन्

दिनभरि भारी बोक्छु
आफ्नै श्रम बेच्छु
थकाई मार्न चौतारामा बस्दा
मलाई भरिया भन्छन
मलाई नाम्ले भन्छन
तर कहिल्यै मलाई श्रमजीवी भनिदैन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मेरो हजुर

अपरम पार लिला हजार सृष्टि छ हजुरको
हेरेरै नथाक्ने अतिनै सुन्दर दृष्टि छ हजुरको
टाढा हुदा सँझिरहन्छु बोल्नै सक्दिन समिप
गालिमा पनि मधुर पुष्प बृष्टि छ हजुरको ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

साईको म र समय

सँगै कलेज पढेको साथीसँग आज लामो च्याट भयो कुरै कुरामा उस्ले “ओए तैले थाहा पाइस ‘साईको’ले त पोहोर साखा अधिकृतमा नाम निकालेकी थिई अहिले त सहायक CDO भई नि” भन्यो म सरासरी ‘फ्लयास ब्याक’मा गएँ !

फिका पर्पल कुर्था सलवार र उस्तै कलरको नजानिदो लिपिस्टिक लगाएकी उनी आज सामान्यभन्दा राम्री देखिएकी थिइन ! मेकअपमा उती वास्ता नगर्ने उनी आज थोरै नोस्टाल्जिक देखिन्थिन ! हामी शहिद दिबस को अवसरमा धनकुटाको छिन्ताङमा रहेको सहिद पार्कमा आयोजित बिशेस कार्यक्रम को लागि हिडेका थियौ !
आपसमा चुट्किला सुनाएर सँगिनीहरू घरी घरी हाँसोका फोहरा फ्याक्थे तर उनको हाँसोमा कतै अट्टाहास हुदैनथ्यो ! फिस्स रहस्यात्मक हाँसो हास्नु उनको विशेषता थियो ! मानिस यति भावुक भएको पटक्क नसुहाउने रहेछ ! अँझ विशेष केटीहरू !!

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

किन मिल्थ्यो मन सबैको आक्रोस आफ्नो आफ्नो

किन मिल्थ्यो मन सबैको आक्रोस आफ्नो आफ्नो
गुण आफ्ना जस आफ्ना र दोश आफ्नो आफ्नो

कोही भन्छन पहिचान कसैलाई छुट्टै राज्य
म त परेँ श्रमजिबी सन्तोश आफ्नो आफ्नो

मगरले मगरातै लिम्बु लिम्बुवान् भन्छन्
जातै पिच्छे राज्य रे उद्घोस आफ्नो आफ्नो

आफु खुसी ब्याख्या गर्छन अन्जान कोहि छैन
‘फरक् अर्थ लाग्यो’भन्दा शब्दकोश आफ्नो आफ्नो

सक्ने ले त लडाई गर्लान नसक्नेले हेर्लान
सबै चुप मरे पछि जोश आफ्नो आफ्नो

तोयानाथ पौडेल
सँखुवासभा
हाल मरुभुमिको छाती बाट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कति दिन चल्ने हो बाससँगको लडाईँ

कति दिन चल्ने हो बाससँगको लडाइँँ
अँझै पनि जारी छ गाँससँगको लडाइँँ
राजनीतिका जलप धारी चोकैभरि छन
छोड अब गर्नलाई लाससँगको लडाइँँ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •