Skip to content

तोयानाथ पौडेल

परदेशीको दसै

प्रिय

यो पाली पनि सँगै चाड बाड मनाउने उद्देश्य अधुरै रहने पक्का भयो ! खुर्किएर बाटोका लेऊ र छेउ छाउका बन्मारा र तितेपाती फाड्दै अनि सप्रिएका निल काँडालाई मुठार्दै हौली । करेसामा लटरम्म फलेका नास्पतीमा एक हुल बेबारीसे काला अरिङ्गाल घुम्दा हुन ! छोरोलाई लपक्कै दसैले ढाकेको होला हरेक साल झै दसै नजिकिदै गर्दा छोरोले मेरो खोजी गर्दो हो ! के गरोस् बाबा को काँधमा बसेर मावल जाने बबुरा को रहर रहरै रहेको छ !! हरेक पटक नयाँ लुगा किनेर ल्याइदिंदा ” बाबाले पठाइदिनुभएको” भनेर ढाँटे जस्तै एक पटक फेरि ढाट्नै पर्ने भयो ! ऊ सानै छ मेरो वास्तविकता बुझ्दैन ! बुझ्ने भए पछि अवश्य मलाई बुझ्ला ! मेरा यी त्याग को सही मूल्याङ्कन गरेर मलाई निर्दोस देख्ला !

जमरा हेरेर

नरुनु है मेरा बाबा जमरा हेरेर
हुर्किएका पँख वाला बचरा हेरेर

खाँबा खुट्टा फेर्नु पर्ने छोरो छैन घरमा
हावा चल्दा उड्न खोज्ने टहरा हेरेर

तोयानाथ पौडेल
सँखुवासभा

जीवन

पसिनाले आफ्नो शरीर सिँचाएरै बित्यो जीवन
जूनीभरि गह्रौ भारी उठाएरै बित्यो जीवन !

कैले जँगल जुगा घारी घनघोर बर्सातमा नै
ढुङ्गे पाखा कोदो बारी बिराएरै बित्यो जीवन

खोले डल्ला सिस्नुसँग एकै छाक पाए पनि
खुसीसँग मनको मित लगाएरै बित्यो जीवन

अर्धाङ्गिनी

हुरी बनेर आयौ वायु बनेर बस्यौ
मार्छु भन्दैथ्यौ मेरै आयु बनेर बस्यौ
तिमी बिना त चल्नै नसक्ने पो भएँ
मथिङ्गल थ्यो मेरो स्नायु बनेर बस्यौ

कपुत

आफ्नै पाईतालाले शिर कुल्चिएर
बेमौसम को बाजा बजाइरहेछन बुख्याँचाहरू
घर अपूर्ण छ, छानो छैन
छोराहरू मतान मेरो, सिकुवा तेरो भनेर पेटभाँडो लगाउदैछन
अफसोच!! आमा कसैका भागमा परिनन् !!
थुक्क .. कपुत हो ..
तिम्री आमालाई कति पश्चाताप लाग्दो हो
तिमीलाई जन्माएकोमा ?

विश्वास

२०५८ साल तिर को कुरा हो –
श्यामजंग गाउले जीत बहादुर मामा अनि म भएर बिराटनगरको
रानी मा पुलिसमा भर्ती हुन हिडियो ।
बाटो अबरुद्द गरेका थिए माओबादिले । हामी हिड्दै जाने भनेर बाटो लागियो । धनकुटाको धारापानी मा पुग्दा साँझ पर्यो । युद्दकाल भएको ले सहजै बास बस्न कसैले दिएनन् । त्यतिकैमा एक बृद्द कटुवाल बाजे को घरमा पुगियो । बा बाहिरै सिकुवामा पुर्पुरामा हात राखेर काँचो सुर्ति खोस्टामा बेरेर तान्दै थिए। बास को लागि सोधेको बा निरास भएर खुईया गर्दै भने-
” बुढेसकाल मा एउटी छोरी जन्मिएकी थिई त्यै पनि हिजो देखी सिकिस्त बिरामी परेकी छे यो गाउमा धामी पनि छैनन “…. !!

कति हारेका प्रेमी सराब सँगै जिउछन

कति हारेका प्रेमी सराब सँगै जिउछन
एक्लै नबाँच्ने झुटो दबाब सँगै जिउछन

कोहि जितेर पनि हारेको महशुस गरि
आँशु बगाई सारा बहाब सँगै जिउछन

थोत्रा सँझना गम्दै पागल भए जस्तै गरी
उहि पुराना याद् का हिसाब सँगै जिउछन

सबै बिर्सिए पनि बिगत ताजा बनाउन
उन्ले दिएको रातो गुलाब सँगै जिउछन

तोयानाथ पौडेल
मरुभुमी को छाती बाट

आखिर दोष कस्को थियो ?

“तिमी पनि मलाई मायाँ गर्छौ र ?”

उनी चिढिन्थिन दुवैपट्टिका अोठ जोडेर चोसो पसार्थिन मलाई उनको यो रुपले नै मोहनी लगाउथ्यो सारै सुन्दर देखिन्थिन उनी यो पोजमा । त्यसैले म चिढ्याउन छोड्दैनथे ।

यो श्रावण महिनामा बास्ने झ्याउकिरीले हामीलाई डिष्टर्ब गर्दैनथ्यो । चिया बगानको अन्त्यतिर र चापेको घना जँगल सुरु हुनुपूर्वको खाली डाँडा हाम्रा क्याबिन थिए । दूर दराजबाट आउने चराहरूका आवाजमा माधुर्यता घोलिएर कान पवित्र हुन्थे ।

छुट्टी जाँदा को अनुभव

पसिनाले भिजाएको माटो हर्दै रोएँ
गैरीखेत टार्बारीको पाटो हेर्दै रोएँ

अलिकती गुन्द्रुक रैछ पकाउन लाई
कचौरामा आधा जती आँटो हेर्दै रोएँ

बाबा आमा अगेनाको छेउ छाउ थिए
टोपि माथि पसीनाको टाटो हेर्दै रोएँ

खाली खुट्टा हिऊ पानी कठै मेरा बाबा
ठेस लागि बस्दै गाको खाटो हेर्दै रोएँ

यौटी बैनी बिहे गरी परायाकी भैछन्
उन्ले लाका थोत्रे लुगा फाटो हेर्दै रोएँ

पाली माथि बारेको थ्यो मकाएछ सबै
धमिराले खाएको त्यो भाटो हेर्दै रोएँ

तोयानाथ पौडेल
सँखुवासभा – तामाफोक
हाल – मरुभुमी को छाती बाट

तिमी ‘मूर्ति पुज्दिन’भन्छ्यौ

आस्था राख्नु पाप हैन, तिमी ‘मूर्ति पुज्दिन’ भन्छ्यौ
म ऋचा को कुरा गर्छु, ‘तिमी वेद बुझ्दिन’ भन्छ्यौ

म चलनको कुरा गर्छु,सानै देखी सिकेको सँस्कार
‘कुरीति हो सिर झुकाउनु, कैले खुट्टा ढोग्दिन’ भन्छ्यौ

समाजमा बाँच्नलाई,मान्नै पर्छ पुरानो सँस्कार
‘जेठाजु नै आए पनि, सिर ढाक्न सक्दिन’ भन्छ्यौ

झ्याउरे गजल

गर्नु छ अँझै, प्रगती धेरै, हारेर हुदैन
प्रीति को फूल, फक्रिन दिऊँ, मारेर हुदैन

हास्नु छ आफैँ, पहिले अरु, हँसाई देखाऊ
सराप्दै भाग्य, आँशुका ढिका, झारेर हुदैन

छारो उडाई आफ्नै आङ कन्याएर जान्छन

छारो उडाई आफ्नै आङ कन्याएर जान्छन
छोरा छोरी टुहुरा झै बनाएर जान्छन
जाने हुँदा चुप चाप भै गए नि त हुन्थ्यो
टोल बस्ती डुङ डुङती गनाएर जान्छन

बदलाब

छुट्टीका रमाइला पलहरू गुज्रिरहेका छन । घण्टा जस्तरी दिन बित्दैछ हप्ता जस्तरी महिना । आज रौसे साथीहरूसँग बालाजु नजिकैको ‘मादल दोहोरी साँझ’मा छु । म पूर्वेली भए पनि पश्चिमतिर गाइने रोईला मलाई अौधी मन पर्छ ।

ToyaNathPoudel

यो कस्तो माया

८ घण्टाको लम्बेतान हवाईयात्राले सबै भाङ्मय जस्तै लाग्दैथ्यो काठमान्डौ । यो मेरो चौथो पटक को आगमन थियो । म सधैँ एयरपोर्टबाट ट्याक्सी नै नचढी नजिकै को ज्योति गेष्ट हाउसमा जाने गर्थेँ । फेरि पटक पटक छुट्टि गइरहने हुनाले घरमा लानै पर्ने कोशेलि पनि खास हुदैन । वस.. १-२ किलो चक्लेट र केही आफन्तका मागका कोशेली । सानो लगेज घिस्याउदै गेट पार गरेर लुखुर लुखुर ओरालो झरेँ ।

मेरो सामु एक सँका नै नगरेको आकृति ठोकियो । म स्पष्ट हुन कोशिस गरिरहेको छु के ती मीरा नै हुन त ? करिब १० मीटर को दुरिमा म उभिएको छु अँझै हो नै भन्ने स्थिति भने छैन । यति दुब्ली त उनी थिइनन् उनी किँकर्तव्यविमुढ उभिएकी छन । म सोच्दा सोच्दै नजिक नै पुगिसकेछु ।अठात उनको मुखबाट निस्किएको ”बिराज”ले म झस्किए । उनले मेरो नाम ठिक ठाक लिए पछि म ढुक्क भएँ यी मीरा नै हुन भनेर ।

सत्तामै बसेर जनता मार्नेको भेला हेर्दैछु म पनि

सत्तामै बसेर जनता मार्नेको भेला हेर्दैछु म पनि
आँखैका सामुन्ने अोभाना हुदैछन रेला हेर्दैछु म पनि

खोजेर अफ्टेरो दाजु र भाइ नै युद्ध लड्दैछन यहाँ
को जित्छ आखिर लडेर घरमा, मेला हेर्दैछु म पनि

सँझौता गरेर बाहिर ननिस्की कुरा ढोकैमा फेर्छन
राजनीति गरेर जनता निखार्ने खेला हेर्दैछु म पनि

पलाउन गएको थेँ फाटेर पो आएँ हजुर

पलाउन गएको थेँ फाटेर पो आएँ हजुर
किन बस्नु रोई, डाँडै काटेर पो आएँ हजुर

उताभन्दा यतै मिठा रहर फुल्न थालेका छन
औठी चिनो ख्याल ख्यालै साटेर पो आएँ हजुर

शरद नै चाहिदैन मनको फुल फक्रिनलाई
घिउसँगै मनको लड्डु बाटेर पो आएँ हजुर

मजदुरलाई शनिबार र शुक्रबार उस्तै

मजदुरलाई शनिबार र शुक्रबार उस्तै त हो नि
पसिना बगाउनेलाई युके या कतार उस्तै त हो नि

मदिरा त मदिरा नै हो सुनपानी छर्केर खाए पनि
पाँच सयको बियर वा पच्चीसको निगार उस्तै त हो नि

पुरानै अनुहार दोहोरिए खै के लेख्लान र बिधान
पुराना मान्छेको सोच र बिचार उस्तै त हो नि

मेरो देश

कानुन बनेन बन्दुकधारी खुलेआम हिड्छन अब
पुलिश मौन छ बलत्कारी खुलेआम हिड्छन अब

भ्रष्टाचारी पुजित हुन्छ शुसान को कुरै छैन यहाँ
हत्यारा झन सिर ठाडो पारी खुलेआम हिड्छन अब

तोयानाथ पौडेल
सँखुवासभा
हाल मरुभुमिको छाती बाट

सयौँ बर्ष बाच्छु भन्ने पल भरीमै मरेकाछन

सयौँ बर्ष बाच्छु भन्ने पलभरि मै मरेका छन्
यथा स्थान नछोड्ने नि दूर दराज सरेका छन्

देशलाई विकासको बाटो लाने कसम खाई
खण्डहर हुदा पनि आफ्नै पोल्टो भरेका छन्

गाई काटी खान्छौ भनी माग राख्नेले नै
बलि प्रथा बन्द गर्ने उर्दी जारी गरेका छन्