Skip to content

कान्छो स्मार्ट फोन माग्छ
बैनी लाई ल्याप्टप चाहियो रे
बुढी ‘सुनको भाउ घट्यो’ भन्छे
बुवा लाई नि साईको फाईभ चाहियो
आमा लाई हल्याण्ड को लुङी लाउने रहर छ
एउटा म
म हुनुको अस्तित्व खोजेर आफै भित्र
समयको भतुवा बसेको छु
मारेर असिमित चाहाना लाई
अरपे को ट्याग झुण्डाएर छातिमा
रहर को बलत्कार गरी रहेछु
पल पल म मरी रहेछु
००००००००००००००००००
एक जमना थियो जती बेला
यि बिज्ञान का आबिस्कार भएका थिएनन्
पारी गाँउ का लाई हुईईईईइ गरेर बोलाउदा नि हुन्थ्यो
अहिले एउटै टेबल मा बसेका मेर साथी लाई
म सँग बोल्ने फुर्सद छैन
“खाना खाने हैन ?”
म्यासेज बक्स मा सुचना आउछ
“खाने अब ‘ म उत्तर दिन्छु
अहिले बिज्ञान ले भतुवा बनायो
अल्छी पालेर अन्तस्करणमा
आफ्नै जाँगर को हत्या गर्न अघी सरिरहेछु
पल पल म मरी रहेछु
०००००००००००००००००
सबैका रहर पुर्याउदा पुर्याउदै
आफैं बेरहर भईयो
करेसामा फलेको फर्शी को स्वाद था छैन
कुहिएका रङिन तर्कारी लाई
आँत भरी खानु पर्छ न कि पेट भरी
घर को मोही खाने मान्छे छैनन
याहा गाँस निल्न किनेको पानी चाहिन्छ
यो बनावटी जिन्दगी
यो कीनारा जिन्दगी
म अन्योल मा परिरहेछु
पल पल म मरिरहेछु

तोयानाथ पौडेल
सँखुवासभा-तामाफोक ८
हाल मरुभूमि को छाती साउदी अरब

Leave a Reply

Your email address will not be published. Required fields are marked *