बिलखबन्दन त्राशदी र भय मा चली रा’छ जिबन
आफ्नो भन्दा अर्काकै निर्णय मा चली रा’छ जिबन
जती पाउ मोले पनि खुशी नहुने मालिक हरु
हाँस्दै घोच्ने उल्टो आसय मा चली रा’छ जिबन
समय लाई स्विकार्नु बाध्यता हो मेरो
उस्तै नाच्छु जस्तो लय मा चली रा’छ जिबन
मुख मा राम राम बगली मा छुरा राखि
सामुन्ने हुँदा जय जय मा चली रा’छ जिबन
कस्ले भन्छ खुशी छ तोया पर्देश मा
भबिस्यको खुशी संचय मा चली रा’छ जिबन
तोयानाथ पौडेल
शँखुवसभा तामाफोक -८
हाल्- मरुभुमी को छाती साउदी अरब बाट
