Skip to content


ग..ल..ल

सराब कुन्डमा पसेरै मरोस
असती भिरबाट खसेरै मरोस

साहुले टार्बारी लगेसी बन्दकी
महिनौँ भोकभोकै बसेरै मरोस

पहेलो कपडा लाएर जोगि झैँ
धुनीको खरानी घसेरै मरोस

छोडेर सँसार छिमेकी आफन्त
दिउसै गोमनले डसेरै मरोस

नहुदा मायाँलु अफ्टेरो घडिमा
घाँटीमा जोतारो कसेरै मरोस

सहन सकिन टोकसो तिघ्रेको
आफैँले खुकुरी धसेरै मरोस

जड्याहा दाई लाई भाउजु ले यसो भन्दैथिन 😉 😉

तोयानाथ पौडेल
सँखुवासभा
हाल – मरुभुमिको छाति बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *