जिन्दगी का कोशी हरु तर्न पनि सकिएन
खुशी पार्न अरु लाई मर्न पनि सकिएन
बिझाउँदा पिडा हरु ठोकिएर पहाडमा
हिऊँ जस्तै मन मजै झर्न पनि सकिएन
चोटै चोट दिए पनि बँच्नै पर्ने सँसारमा
हारेँ भन्दै आत्म हत्या गर्न पनि सकिएन
आज जौँला भोली जौँला बर्ष कती बितेकाछन्
लालच को झोलि कैले भर्न पनि सकिएन
तेसै बित्यो आधा जिबन दास भई पर्देशमा
परिवार मा हाँसो खुसी छर्न पनि सकिएन
तोयानाथ पौडेल
सँखुवासभा-तामाफोक -८
हाल मरुभुमि को छाती बाट
