Skip to content


बिसन्चो कि हाइसन्चो अन्योलमा छु म
साहुको लीलाम बिक्री मोलमा छु म

गुदी लुकाएर बोक्रो देखाउने समाजबिच
मल मलको मुलायम खोलमा छु म

जति तर्कियो उति हुत्याउँछ ओखलतिर
खुशी पेलेर दुख झार्ने कोलमा छु म

दुखको नि एउटा सीमा हुन्छ भन्छन
चोक्टा अरुले खाए झोलमा छु म

हसिला छन सबै दर्शक मलाई हेरेर
मगन्ते नौटङ्कीको रोलमा छु म

तोयानाथ पौडेल
शँखुवाशभा-तामाफोक-८
हाल-मरुभूमि को छाती साउदी अरब बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *