लक्ष्मीपूजा गरिरा’छु दियो बिनाको
डन्डी बियो खेलिरा’छु बियो बिनाको
मन फाटेर धुजा धुजा चाल्नै सारी छ्
टाल्दै छु म तुन्दै छु म सियो बिनाको
ढुङ्गा बिना माटो आधुरो छ संसार
के काम भयो कलेजो फियो बिनाको
मेरो संसार स्वर्ग थियो कहाँ छोडे छोडे
हुँदो रहेछ दाइ यहाँ मियो बिनाको
तोयानाथ पौडेल
मरुभुमीको छातीबाट
