Skip to content

नारायण पोखरेल

आसक्त प्रेम !

खोली दीएको छु बैचैनी मेरो
पस्कें मुटु अब छैन मेरो
हेरछु मुहार हर दीन रात साथ
न हौ टाढा न छोडाउ हात

न बन निर्मम कलीलो छ प्रेम
छुटाइ जाँदा होला नी शरम
मन्को छ बाढी मन्मा पसेको
कुरा हो मन्को तिमीलाई भनेको

बसन्ती सब वास मग्मगाइ रहेछ
पल्लव झैं मन मुस्काइ रहेछ
देउ जिवन आज गर बोल मिठो
अलोकिक बनोस यो प्रेम चोखो

ती नयन मुहार गाल रशीला
ती अंग भाव मद भरीएका
थोपा थोपा रसको छ त्यो त स्वाद
बसेउँ क्षण केहि न गर वर्वाद
बसेउँ क्षण केहि न गर वर्वाद

प्यारको याचना

आउँछौ तिमी सुनसानमा पोख्छौ मनका बहहरू
चित्कारले ब्यूँझाउँछ भाँचिन्छन रहरहरू
मिठासका सुगन्धहरू ओइली ती जाँदैछन्
तिम्रो नै अर्चना मनले नि गाउँदै छन्

दुई टुक्रा !

म मर्द हुँ मलाई दर्द हुन्नरे
जस्तै आओस दिन हामी गल्न हुन्नरे
नारी हुन्छन कमजोर रून्छन ती धर धरी
अव वदलियो जवाना गर्छन तिनी वरावरी
***********+**********+********

म मरेको मन लियर आइ रहेछु
न फुल्ने फुल्को महक म पाइ रहेछु
के छ र जिन्दगी अंध्यारो को बत्ती
तिमी हौ तिमी संगै छाइ रहेछु

आफ्नै स्वभाव

लामु छ रात मिठो छ सपनी
खोजी रहेछ वहार मन्कै छ जपनी
गरी सृङर रुप वढाइ रहेछ
धल्क्न्दो जोवन. उ उक्साइ रहेछ

बेदना छ मन्मा. न रोकिने कथा भो
सोच मात्र हो कि जीवनको ब्यथा हो
न रोकिने पाइताला छोपी रहेछ विवेक
खोजी रहेछ दील ले आफ्नै स्वभाव

तिम्रै मनको चल्छ ध्वनि !

आशा छ्न मनमा अनेकन
भावमा म मर्छु
इन्द्रेणी बनी उनी आउँछिन
वर्षातको रमझम म हुन्छु

गीत दुवैको तरङ्गमा
झुमिरहने साथ
घुमिरहेछौं मन मन्दिरमा
साथ हाम्रो हात

न जलाउ देश

न जलाउ न जलाउ न जलाउ देश
रगत पुर्खाको आँशु आमाको न जलाउ देश

जात जाती सबै एउटै राखौ बोली एक
छेडन सक्छौं झेल्न सक्छौं लाखों शत्रू भेष
बिदेसिको इसारामा न बाँटियौँ आज
हाम्रो तराई पहाड छ छ हिमाल ताज

तिर्खाएर वीदेशिले हाम्रो पानी खोज्छन
जडीबुटी हिमाल्को तीनै पिउन खोज्छन
हामी भित्र रोपी बिभेद वीदेसी त्यो हाँस्छ्
पारी रूग्ण हामी लाई शत्रू मास्न खोज्छ

बुझौं मधेस पहाड हामी हिमालका जनता
आमा एउटै हाम्रो हो है बोकाउँ शत्रु गुन्टा
चल्खेल वीदेसिको भाँडछ हाम्रै घर
चेतौँ चेतौँ अब सबै न मानेर धक

नारी चाह

म त गर्छु मन्का कुरा
तिमी रोपछौ छुरा
कसो गरी होला हाम्रो
इच्छा मिठो पुरा

उदाउछौ जुन संग्
म त अस्त हुन्छु
चहक तिम्रो आकास्मा
धरती म त रुन्छु

बादल्को गड्याङ गुडुङ
बिजुलिको छाँट
योवन तिम्रो साच्चै हो कि
हौ तिमी ढाँट्

मोहनीले ढाक्छौ सबै
कटाक्ष्यको रात्
हराउछ मान्छे किन
खोज्छ तिम्रै साथ

देश विक्रीमा

समयको फेर तँ लाई धेर मलाई थोर
भन्छ लडछ अभागी किन सधैं सधैं
पढन लेख्न गाह्रो भाग ठुलो खोजद्छ
देश जाती हीत छाडी बिदेशी पो पोस्दछ

एउटा भन्छ मालिक ठुलो अर्को पहाड तराइ
मिली बस्छौं हामी सबै हौं सबै भाइ भाइ
बिदेसी पो आउँदछ शाशन गर्न खोज्दछ
कस्तो नेता चुनेउ साथी देशै बेच्न खोज्दछ

हाम्रो भविष्य !

समय बिस्तारीत भइ रहेछ
सुन्य छ
मन भक्कानी रहेछ
जीवन का अन्योलहरु सम्प्रेरित छ आफैमा
आफैं संग संघर्षरत भइ रहेछ
असम्यजश्यता मा हृदय किंकर्त्ब्यबिमुढ्छ्
कतै सानिध्यता हराय झैं
कतै यर्थारता आफैं मा क्लंलङ्कित
समयको घेरो मा गुजुल्टी रहेछ

निस्पट अंध्यारोमा संचित छन ईच्छाहरु
सीमाहीन युद्ध मा होम्मी रहेको प्रतित छ
तल तल दल दल्मा धसिंदै गरेको पर्वत्माला झैं
समुन्द्र मा पौडी रहेछ
दीसाहीन यात्रामा भबिष्य
हाम्रो भविष्य !

बेची खाँदै छन देश नै

आ आफ्नु बोली
आ आफ्नु झोली
बोकी हिडछन
नंगा सांसद्का टोली

जनता मर्छन भोकले
नांगा छन शोक ले
छैन छाना गारो
गरीबीका चोटले

नेता खान्छन अरबों
चुसी जनताका रगत्
मार्छन प्यारा सन्तान
तप्त वालुवा मा फगत

नियम कानुन आफ्नै
भर्न धोक्रो सारा
पुगेन रे खान
जनता आँशु धारा

सांसद हिडछन कुइ कुइ कुकुर झैं
छैन राम्रो मती
गर्छन आफ्नै अनी
जनताका कती खती

असतित्व बेची खाए नेताले
बेची खाँदै छन देश नै
मुक छन दर्सक जनता
मृतक बीर झैं

दुई टुक्रा

टाटा रगत्का बटुली रहेछु आफन्तकै च्याहान खोजी रहेछु
रगत आफ्नै बित्थामा पोखिएको म हेरी रहेछु

नराधम बाट अन्यामै पारीएका ती लाश्को
भोग्न बाध्य छौं हामी सत्र हज्जार्को ती आशको

किन प्रीत मा मर्दछु

दृश्टिहरु फेरीएछ्न हर नजरहरू म हेर्दछु
छ कि प्रीत. न निको हर कहर सहदछु
प्यार त रोग भो जल्यो दील नै फोर्दछु
के वीवाद हो जिन्दगी को किन प्रीत मा मर्दछु

अमृत त्यो पाउँ कता

अंध्यारो छ चारै तिर जुनेली म पाउँ कता
मन मर्यो प्रीतीमा उजेलीमा जाउँ कता
रहर सबै जहर बन्यो अमृत त्यो पाउँ कता
ह्रीदयमै राँको बल्यो गै म बुझाउँ कता

अडदैन अब घर संसार् !

भडकाउने भए अब चित्रहरुले पनी नग्न बन्यो संसार
खुला छन हर बजारमा उर्बसी पदमिनिका सृङार्
मोह बन्यो मादकता अडदैन अब घर संसार्
बगी रहेछ मन च्ंचल खोज्दै नव नव वहार

को देखछ घाउ

को देखछ घाउ यो मुटु भित्र लुकेर वसेको
यही सत्य आज तिमी लाई भने मन्मा गडेको

म संग छ बेदना ठुलो अन्तरमा बसेको
न जर तिम्रो परेको छैन चेत छ लुकेको
सबैले खोज्छन गुलियो संसार जलप्ले बेरेको
को हेर्छ नागो यो मन मात्र मायामा अडेको

के मागों म के दीन्छौ तिमी संयोग परेको
उस्तै छ कि यही दील जस्तो वीरह फलेको
फक्रेर बस्न न पाइ घाम बादल्मा परेको
हास्न्लाई खोज्दा मुहार सारा आँशु मा डुबेको
बोल्न लाई खोजें यो मन भित्र उठेको वेदना
छातिमै अड्को निस्केन बाहीर भन्न लाई आटेको

को देखछ घाउ यो मुटु भित्र लुकेर वसेको
यही सत्य आज तिमी लाई भने मन्मा गडेको

आत्मा र म

आत्मा छैन चिन्तन्मा आवरण यो बिचारको
बाँधिएछ आसक्त्ती मा वीलासिताको लोभको
खोज्छ सुख शरीर ले भोकाउँदछ यो आत्मा
कन्हाँ हुन्छ स्वच्छ ज्ञान विना सद्भाव परमात्मा

आत्मा पिंजर यो कल्पन्छ

नारी भन्दीन स्वास्नी मान्छे के सब अडीयल हुन्छन
मुर्ती दयाका करुणा सागर न चट्पटिने पहरो हुन्छन
लेखथें कबिता कोमल कुसुम करुणाकि ती नारी मुर्ती
सलल बग्ने कन्चन सरिता ममता मयी सौस्य धर्ती

आज गड गड कालो बादल मडारिइ मडारिइ ती बर्षन्छिन
उर्ली खहरे सब मसल्दै ती चट्याङ झैं रन्किन्छीन
दुर बसौं वा जाओं नजिक थर थर कम्पन सब थरकन्छ
धसी खरानी हूं की जोगी आत्मा पिंजर यो कल्पन्छ

छैनन के वलिदानी ?

आधुनिक्ता छाइ रहेछ मन्मा ब्याप्त चाह हरु
पुराना मुटु काँपी रहेछन छरीएछ आह हरु
देश चल्दैन सोचदछन उही रसातल तीरै गै रहेछ
नेताहरु मोजमस्ती सत्ता भोर जुवा भै रहेछ

नांगा छौ माँगी खान्छौं पुर्खा इज्जत बेची रहेछौ
स्वाभिमान बन्दक राखी. हामी किन बाँची रहेछौं
विपद हाम्रो घर ऑगन सिर्जना सकेनौ फुलाउन
छैनन के वलिदानी यो देश आज वचाउन

जन पुकार

छैनन कतै कोइ मलम लाउने भेटछु सबै आँखा तर्ने
भुलेइ हो कि जीवन हाम्रो छ कि कोइ माया गरने
देश सोतर नेता जन्ले बिग्र्यो भ्रषटाचारी अधमले
मेहन्त र पसीना ती खाए दुष्ट भ्रष्ट जन ले