गाउँ गाउँ घेर शहर बजार घेर
खापा लगाऊ घरमा दैलोलाई घेर
सांसद नाम्का बुच्च्ड घर घर घेर
भाषाभेष देशको लागि उठ जनता घेर
अडने होइन शस्त्रले बुट्का मारमा
बढ संसद भवन घेर सब बाटोमा
मुर्ख नेता आज लागी जाइ घेर
आजाद रहोस देश यो रक्त्त बहाई धेर
उदय भो हाम्रो मास राष्ट्र घातक
मार्ने जनाता पशु यो हो देश घातक
चुप लाग्नु हुन्न खोल मुख बाटामा
चिन यही शत्रु पुर्याऊ आज घाटमा
बिद्रोहको छर ज्वाला आज सारा मगजमा
रोक आज बल्त्कारी संविधानको रगतमा
आमालाई लछार्छ पछार्छ यो त साथी शत्रु हो
मर्दन गर्नु आज हाम्रो नै कर्तव्य हो ।
