आउँछौ तिमी सुनसानमा पोख्छौ मनका बहहरू
चित्कारले ब्यूँझाउँछ भाँचिन्छन रहरहरू
मिठासका सुगन्धहरू ओइली ती जाँदैछन्
तिम्रो नै अर्चना मनले नि गाउँदै छन्
कोमल छन् अंगहरू देह जल्छ वाणले
कति हान्छौ नयनका तृष्णाका कमानले
आऊ पास सहलाऊ आई अंग केलाऊ
रसिला ती ओठले ओठ मेरो बहलाऊ
सुस्तरी पसेको प्यार छ यी मनभरि
जोडी छाती रित्याऊ नपार खलबली
यादले बाँच्दिन प्यार देऊ दिलभरि
फुलुन फूल गुराँस यी हाम्रा मनभरि
